PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पुरुष क्रिकेट : सुशन भारीको ५ विकेट, आर्मी लगातार तीन खेल जित्दै सेमिफाइनलमा



पहिलोपोस्ट

पुरुष क्रिकेट :  सुशन भारीको ५ विकेट, आर्मी लगातार तीन खेल जित्दै सेमिफाइनलमा

कोहलपुर : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको कोहलपुरमा भइरहेको पुरुष क्रिकेटमा शनिवार त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर २ ले रोमाञ्चक जित हासिल गरेका छन्। बाँकेको कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा आर्मीले प्रदेश १ लाई २७ रनले पराजित गर्‍यो।

सुशन भारीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि आर्मीले दिएको ९६ रनको लक्ष्य पछ्याएको प्रदेश एक १९ ओभरमा ६८ रनमै अलआउट भयो।

सुशनले ४ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए। यस्तै शहाब आलमले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए।

प्रदेश १ का लागि दिपेश कँडेल, मुकुन्द यादव र फिर्दोस अन्सारीले समान ११ रन बनाए।

त्यसअघि आर्मीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो। आर्मीका लागि राजशे पुलामी मगरले नटआउट २७ तथा कुशल मल्लले २६ रन बनाए।

प्रदेश १ का दिपेश कँडेलले २ विकेट लिए।

लगातार तेस्रो जितपछि आर्मी समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेको छ। आर्मीले अझै एक खेल खेल्न बाँकी छ। यस्तै समूह बी कै अर्को खेलमा प्रदेश २ ले प्रदेश ३ लाई २१ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८६ रन बनाएको थियो। ८७ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले पूरै २० ओभर खेल्दै सबै विकेट गुमाएर ६५ रन मात्र बनाउन सक्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell