PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारोत्तोलन : देवी, प्रकास र कमलाको राष्ट्रिय कीर्तिमान



पहिलोपोस्ट

भारोत्तोलन : देवी, प्रकास र कमलाको राष्ट्रिय कीर्तिमान

बाँके : आठौ राष्ट्रिय खेलकुद अन्तर्गत आठौ महिला तथा २४ औ पुरुष राष्ट्रिय भारोत्तलन प्रतियोगिता अन्तर्गत शनिबार भएको महिला ५५ किलो तौल समुहमा नेपाल प्रहरीकी देवी चौधरीले तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। उनले स्न्याचमा ६५, क्लीन एन्ड जर्कमा ८१ तथा कुल १४८ किलो भार बहन गर्दै तीन वटै राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। यसैगरी, तीन वटा राष्ट्रिय कीर्तिमान कायम गर्नेमा पुलिसकै प्रकास केसी र आर्मीकी कमला श्रेष्ठ पनि रहे।

पुरुष ६७ किलो तौल समुहमा प्रकासले स्न्याचमा १०३, क्लीन एन्ड जर्कमा १२२ तथा तथा कुल २२५ किलो भार बहन गर्दै तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। महिला ५९ किलो तौल समुहमा कमलाले स्न्याचमा ७०, क्लीन एन्ड जर्कमा ८० तथा कुल १५० किलोको तीन वटा कीर्तिमान कायम गरेकी हुन्। सो स्पर्धामा पुलिसकी जुनु माया छन्त्यालले रजत तथा गण्डकी प्रदेशकी टिका माया गुरुङले काश्य पदक जिते। 

देवीलाई पद्छाउदै आर्मीकी मनिषा रानाभाटले रजत तथा गौरी चौधरीले काश्य पदक जिते। यसैगरी, पुरुष ६७ किलोमा आर्मीकी जिवन तामाङले रजत तथा गण्डकी प्रदेशका धन बहादुर झाक्रीले काश्य पदक जिते। विजेतालाई राष्ट्रिय खेलकदु परिषद्का सदस्य सचिव केशब कुमार विष्ट लगायतले पुरस्कार प्रदान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell