PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पुरुष फुटबल : आर्मीको दोस्रो जित, एपीएफको पुनरागमन जित, पुलिस बराबरीमा रोकियो



पहिलोपोस्ट

पुरुष फुटबल : आर्मीको दोस्रो जित, एपीएफको पुनरागमन जित, पुलिस बराबरीमा रोकियो
गण्डकी प्रदेश विरुद्ध खेल्दै एपीएफ

बाँके : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुपन्देही जारी पुरुष फुटवलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ। आर्मीले कर्णाली प्रदेशमाथि ७-० को फराकिलो जित हात पारेकधो हो।

देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको पहिलो खेलमा नेपाल आर्मीका विवेक बस्नेतले खेलको १२औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। उनले खेलको २१ औ मिनेटमा अर्को गोल थपे। ५६ औ मिनेटमा विवेक बस्नेतले गोल गर्दै ह्याटिक पुरा गरेका थिए। यसैगरि खेलको २९ औ मिनेटमा टेक बुढाथोकीले गोल गर्दै गोल अन्तरलाई फराकिलो बनाए। पहिलो हाफमा ३ शुन्यले पछि परेको कर्णाली प्रदेश दोस्रो हाफमा थप ४ गोल खान पुग्यो। खेलको ४३ औ मिनेटमा टेक बहादुर बुढाथोकी तथा खेलको ६२ र ७६ औ मिनेटमा सुमन अर्यालले गोल गरे।

आर्मीसंग कडा प्रतिस्प्रर्धी देखिएको पुलिस प्रदेश २ संग भने फितलो खेल्दा बराबरीमा चित्त बुझायो। शुरुवातबाट नै आक्रमक खेल पस्केको प्रदेश २ ले पुलिसलाई बराबरीमा रोक्दै अंक बाडेको छ। खेलको २९ औ मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै खेलमा अग्रता लिएका थिए। तर खेलको ३७ औ मिनेटमा प्रदेश २ का निर बहादुर आलेले गोल फर्काउदै बराबरीमा ल्याए। खेलको ४३ औ मिनेटमा पुलिसका हरि कठायतले अर्को गोल गरे। सुमन लामाको क्रममा हरिले आर्कषक गोल गर्दै खेलमा पुनः अग्रता दिलाएपनि प्रदेश २ का टंक बहादुर सिग्देलले बराबरी गोल गरेका थिए।

आईतबार लिग चरणको अन्तिम दिनको खेलमा सुदुरपश्चिमाञ्चल प्रदेशले त्रिभुवन आर्मी क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लबले कणार्ली प्रदेशसंग खेल्नेछ।

 

एपीएफको दोस्रो जित

यस्तै बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ विजयी भएको छ। एपीएफको तेस्रो खेलमा यो दोस्रो जीत हो।

२-० गोलको अग्रता लिएर पनि ५ नम्बर प्रदेशसँग पराजित भएको एपीएफले शनिबार विहान भने गण्डकीसँग ‘कम्ब्याक’ गरेको छ। गण्डकी प्रदेशले अग्रता लिएर पनि जोगाउन नसक्दा पराजित हुन पुग्यो। गण्डकीका टीकाराज गुरुङले २७ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए।

एक गोलले पछि परेको एपीएफले मध्यान्तरपछि आक्रमक खेल खेल्यो। ५७ मिनेटमा राजेन्द्र रावलको गोलबाट एपीएफ खेलमा फर्किएको थियो। निर्धारित समयको अन्तिममा ७९ मिनेटमा आशिष लामाले गोल गरेपछि एपीएफको जीत निश्चित भएको थियो।

गण्डकी प्रदेशले अहिलेसम्म खेलेका तीन खेलमै अग्रता लिएको थियो। तर, जीत निकाल्न सकेको छैन। शुरुवाती अग्रता लिएर पनि पहिलो खेलमा ५ नम्बर प्रदेशसँग पराजित भएको गण्डकी दोस्रो खेलमा ३ नम्बर प्रदेशसँग अंक बाँडेको थियो। ३ नम्बर प्रदेशसँगको खेलमा पनि गण्डकीले अग्रता लिएको थियो। अन्तिममा २-२ गोल भएको थियो।

एपीएफले भने पहिलो खेलमा १ नम्बर प्रदेशलाई ६–३ गोलले विजयी भएको थियो भने दोस्रो खेलमा ५ नम्बर प्रदेशसँग पराजित भएको थियो।

दोश्रो खेलमा प्रदेश ५ ले प्रदेश १ लाई ६–२ गोलले हराउँदै लगातार तेश्रो जित हात पार्‍यो। विजेताका विनोद केसीले ३, पूर्णबहादुर गुरुङले २ र विनोद केवतले १ गोल गरे। प्रदेश १ का राम तामाङले २ गोल गरे।

 

महिला फुटबल (दाङ)

दाङको बेलझुण्डीमा शनिबार भएको महिला फुटबल प्रतियोगितामा प्रदेश नम्बर ३ विजयी भएको छ। उसले प्रदेश ५ लाई ३–० गोल अन्तरले पराजित गरेको हो। प्रदेश तीनको जीतमा २ गोल कप्तान ममता थापा मगरले गर्दा एक गोल पार्वती घलेले थपिन्।

पहिलो हाफको ३५ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको प्रदेश तीनले दोस्रो हाफमा थप २ गोल गरेको थियो।

दोस्रो हाफ शुरु भएको पाँच मिनेट पछि नै प्रदेश तीनका लागि कप्तान ममता थापा मगरले व्यक्तिगत दोस्रो गोल गर्दा टिमले पनि २–० को अग्रता बनाएको थियो। यसैगरी ६२ औं मिनेटमा पार्वती घलेले एक गोल थपिन्। त्यसपछि गोल नभएपछि प्रदेश तीन विजयी हुन सफल भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell