PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तामाङ दिदीभाइको वर्चस्व तोड्दै दिपेश र रशिलाले रचे नयाँ इतिहास



पहिलोपोस्ट

तामाङ दिदीभाइको वर्चस्व तोड्दै दिपेश र रशिलाले रचे नयाँ इतिहास

दाङ : नेपाली सेनाका तामाङ दिदीभाइ रत्नजित र नङ्शलको एक छत्र राजलाई तोड्दै एपीएफका दिपेश धामी र रशिला महर्जनले ब्याडमिन्टनमा नयाँ इतिहास रच्न सफल भएका छन्।

दाङमा भएको आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टन एकलतर्फ दिपेश र रशिला च्याम्पियन बन्दै सेनाका रत्नजित तामाङ र नङ्शलको एकछत्र राजलाई तोडेका हुन्।

दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१-१६, २१-१४ को सोझो सेटमा पराजित गर्दै इतिहास रचेका हुन्। विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपिएफका दीपेश धामी संग पराजित भएका हुन्।

२०६९ सालमा काठमाडौंमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नंम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नंम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेको थिएन। तर बेला बेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिंदै आएका थिए। यसै प्रतियोगिता अन्तर्गत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाईनलमा प्रिन्सले तथा फाईनलमा दिपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सुचित गरिसेका थिए। दिपेशले यस अघि रत्नजित तामाङ्लाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए।

यसैगरि नयाँ इतिहास रच्ने क्रममा सेनाकी रशिला महर्जनले नङ्शललाई १९ -२१, २१-१४, २४-२२ ले पराजित गर्दै आफुलाई राष्ट्रिय च्याम्पियनको रुपमा नाम दर्ता गर्न सफल भईन्। १४ बर्षमा दौडी रहेकी उनले हालै मात्र सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनमा पनि उपाधी हात पारेकी थिइन्। कक्षा र ४ पढ्दै गर्दा ब्याडमिन्टनको र्‍याकेट समातेकी उनी कक्षा ९ मा अध्ययनरत छिन्। ब्याडमिन्टनको इतिहासमा राष्ट्रिय च्याम्पियन बन्ने उनी अहिले सम्मकै कान्छि खेलाडी रहेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए।

दिपेश र रशिला हालै सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनका विजेता समेत रहेका छन्।

पुरुष जोडी तर्फ भने सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले उपाधी जोगाए। सेनाका जोडीले चिरपरिचित जोडी एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीलाई २१-१८, २१-१२ ले हराउँदै उपाधी रक्षा गरेका हुन्।

महिला जोडीतर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्को जोडीले उपाधी उचाले। श्रेष्ठ र गुरुङको जोडीले सेनाका नङ्शल देवी तामाङ र अनुमाया राईको जोडीलाई २१-१५, ११-२१, २१-१७ को जित निकाल्दै उपाधी उचालेका हुन्।

यस्तै एपिएफकै खेलाडीविच भएको मिश्रीत युगलको खेलमा पुजा श्रेष्ठ र दिपेश धामीको जोडीले जेशिका गुरुङ र गौतम सिंह कठायतको जोडीलाई २१-१०, २१-१७ को जित निकाल्दै उपाधी चुमे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell