PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अफगानिस्तानको सूचना मन्त्रालयमा आक्रमण, सातजनाको मृत्यु



अफगानिस्तानको सूचना मन्त्रालयमा आक्रमण, सातजनाको मृत्यु
फोटो: REUTERS

काबुल : अफगानिस्तानको सूचना मन्त्रालयमा भएको आक्रमणमा सातजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार सर्वसाधरण र तीन सुरक्षाकर्मी रहेको बताइएको छ।

राष्ट्रपति कार्यलय, मन्त्रालयहरु र चर्चित होटलहरु रहेको काबुलकै अति संवेदनशील र सुरक्षित मानिएको क्षेत्रमा रहेको सूचना मन्त्रालयमा पहिला बम विस्फोट भएको हो।

१८ तल्ले मन्त्रालय भवन काबुलकै सबैभन्दा अग्लो भवनमध्ये एक रहेको बताइएको छ। आक्रमणको समयमा करिब दुई हजार भन्दा बढी मानिस मन्त्रालय भवन भित्रै रहेको बताइएको छ।

बिस्फोट लगतै केही लडाकूले मन्त्रालयभित्र पसेर गोली चलाएका थिए। सुरक्षाकर्मी र लडाकूहरुबीच ६ घण्टासम्म गोली हानाहान भएको अधिकारीहरुले बताएका छन्।

अफगानिस्तान र तालिवानहरुबीच हुने भनिएको बहुप्रतिक्षित वार्ता स्थगित भएको केही दिनपछि नै आक्रमण भएको हो।

चारआक्रमणकारीहरुमा एक जनाको प्रहरीको कारवाहीमा मृत्यु भएको अफगानी सुरक्षा अधिकारीहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell