PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

श्रीलंकामा शृङ्खलाबद्ध बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु, २०० भन्दा बढी घाइते



पहिलोपोस्ट

श्रीलंकामा शृङ्खलाबद्ध बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु, २०० भन्दा बढी घाइते

श्रीलंकाको राजधानी कोलम्बो र आसपास आइतबार बिहान शृङ्खलाबद्ध  बम विस्फोट भएको छ। इसाईहरुले इस्टर पर्व मनाइरहेका बेला भएका विस्फोटमा तीन वटा चर्चहरु र तीन वटा होटललाई निशाना बनाइएको छ। समाचार एजेन्सी एएफपीका अनुसार कम्तिमा ४२ जनाको मृत्यु भएको छ। घाइतेहरुको संख्या २०० नाघ्ने एएनआईले जनाएको छ।  लंकादिपाले भने ६ स्थानमा ५० जनाको मृत्यु भएको उल्लेख गरेको छ।

सामाजिक सञ्जालमा चर्चमा भएको विस्फोटले भएको क्षति र आत्तिँदै भाग्दै गरेकाहरुको फोटो र भिडियो देखिएका छन्। एउटा भिडियोमा एउटा शवसँगै नाबालक रुँदै गरेको देखिएको छ। 

कसले यस्तो आक्रमण गरेको हो भन्ने बारे कुनै जानकारी आइसकेको छैन। 

विस्फोट राजधानी कोलम्बो र आसपासका तीन वटा चर्च र तीन वटा होटलमा गराइएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell