PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ने क पा एकताबारे प्रचण्डले भने : भोलि प्रज्ञा भवनमा तल्लो तहसम्मकै एकता घोषणा हुन्छ



विधुर ढकाल

ने क पा एकताबारे प्रचण्डले भने : भोलि प्रज्ञा भवनमा तल्लो तहसम्मकै एकता घोषणा हुन्छ
फाइल फोटो

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि एकताको बाँकी काम टुंगिने बताएका छन्। आज राष्ट्रिय सभागृहमा प्रदेश ३ ले नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस तथा १३ जिल्लाका २६ जेष्ठ कम्युनिस्ट सदस्य सम्मान कार्यक्रममा प्रचण्डले उक्त भनाई राखेका हुन्।

'हिजो संविधानसभाबाट संविधान बन्न ढिलो हुँदा बन्दैन की भन्ने शंका भयो। तर बन्यो। पार्टी एकता हुन्न कि भन्ने हल्ला भयो। तर एकता भयो। तलसम्म एकता पुग्नु पर्ने ढिलो भयो तर भोलि नै घोषणा हुन्छ,' कार्यक्रममा प्रचण्डले भने। 

एकताको टुंगो भने आजै सकिने उनले बताए। एकता प्रक्रियाको टुंगोका लागि ५ बजे अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा वार्ता हुनेछ। उक्त वार्ताले प्रस्ताव टुंग्याएलगत्तै ६ बजे सचिवालय बैठक बस्नेछ। बैठककले बाँकी काम टुंग्याउने र भोलि प्रज्ञा भवनमा लेनिन जयन्तीका अवसरमा एकता घोषणा हुने प्रचण्डले स्पष्ट पारे। 

कार्यक्रमपछि प्रचण्ड चितवन प्रस्थान गरेका छन्। एकता प्रक्रिया टुंगोमा पुर्‍याउन उनी चितवनबाट ४ बजे बालुवाटार फर्कने कार्यक्रम रहेको छ। वार्ताको तयारी र स्थानीय तहको एकतामा कसलाई जिम्मेवारी प्रदान गर्ने विषयमा नेताहरुलाई जिम्मेवारी दिइसकेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell