PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ट्रम्पले समवेदना लेख्दै भने : श्रीलंकामा बम विस्फोटमा परी १३ करोडको मृत्यु!



ट्रम्पले समवेदना लेख्दै भने : श्रीलंकामा बम विस्फोटमा परी १३ करोडको मृत्यु!

काठमाडौं: आइतवार श्रीलंकाको राजधानी कोलम्बोमा श्रृङखलावद्ध रुपमा विष्फोट भयो। क्रिस्चियन समुदायले एस्टरको प्रार्थना गरिरहेको बेला चर्च तथा होटलहरुमा श्रृङखलावद्ध विष्फोट हुँदा मृत्यु हुनेको संख्या १८५ पुगेको बताइएको छ।

यद्यपि यो संख्या अन्तर्राष्ट्रिय मिडियाहरुले फरक फरक बताइरहेका छन्। एएफपीले १५६ जनाको मृत्यु भइसकेको र जसमा ३५ विदेशी पर्यटकहरु रहेको उल्लेख गरेको छ।

घटनामा मृत्यु हुनेको संख्याबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम नराम्ररी चिप्लिएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा १३८ मिलियन अर्थात १३ करोड ८० लाखको मृत्यु भएको बताएका छन्।

'चर्च र होटलमा भएको आतंकवादी आक्रमणमा परी कम्तिमा १३८ मिलियन मानिस मारिएका छन्, श्रीलंकाली जनतालाई अमेरिकी जनताको तर्फबाट समवेदना। हामी सहयोगका लागि तत्पर छौँ,' उनले लेखेका छन्। प्रतिक्रियाहरुमा उनलाई गाली आएपछि केहीबेरमै ट्वीट डिलेट गरेका छन्।

ट्रम्पले १३८ मिलियन मानिस मारिएको भनेर लेखेको श्रीलंकमा पछिल्लो जनसंख्या २१ मिलियन अर्थात् २ करोड १० लाख रहेको वर्ल्ड पपुलेसन रिभ्यूमा उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell