PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विप्लवका पूर्वी कमान्ड इन्चार्जले भने: सरकारसँग तत्काल वार्ताको औचित्य छैन



विप्लवका पूर्वी कमान्ड इन्चार्जले भने: सरकारसँग तत्काल वार्ताको औचित्य छैन

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अहिलेको अवस्थामा वर्ताको औचित्य नभएको बताएका छन्।

नेकपाका पूर्वी कमाण्ड इञ्चार्ज अनिल शर्मा 'विरही'ले विज्ञप्ति जारी गर्दै आफूहरु वार्ताको विरोधी नभए पनि वार्ताको औचित्य नभएको बताएका हुन्।

'सैद्धान्तिक रुपमा हामी वार्ताका विरोधी होइनौँ भन्ने कुरा पटक पटक सार्वजनिक गर्दै आएका छौँ तर अहिले वार्ताको न सन्दर्भ छ न त औचित्य नै,' उनले जारी गरेको वक्तव्यमा उल्लेख छ।

उनले सरकारले आफ्नो नाम प्रयोग गर्दै पार्टी विरुद्ध प्रचार युद्धलाई घनीभूत बनाएको आरोपसमेत लगाएका छन्। 'केपी ओली र बादल सरकारले नेकपाकाविरुद्ध प्रचार युद्धलाई घनीभूत बनाएको छ। मेरो नाम जोडेर नेकपाको नेतृत्वलाई वार्ताको लागि दबाव दिइएको भनी सार्वजनिक भएको समाचार भ्रमपूर्ण कपोलकल्पित हुनुका साथै फूटाऊ र राज गर भन्ने मनसायबाट निर्देशित छ,' विज्ञप्तिमा भनिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell