PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आठौँ राष्ट्रिय खेलकुद : जिम्न्यास्टिकमा रिक्सा चालक खेलाडी, राजु राईको ८ स्वर्ण जित्ने लक्ष्य



गोविन्दराज नेपाल

आठौँ राष्ट्रिय खेलकुद : जिम्न्यास्टिकमा रिक्सा चालक खेलाडी, राजु राईको ८ स्वर्ण जित्ने लक्ष्य

प्रदेश नम्बर ५ को विभिन्न जिल्लामा अहिले आठौँ राष्ट्रिय खेलकुदको खेलहरु सञ्चालन भइरहेको छ। त्यसैमध्येको एक खेल जिम्नास्टिकको स्पर्धाहरु नेपालगन्ज कार्काडोस्थित जुडो हलमा भइरहेको छ।

प्रतियोगिता भइरहेको स्थान हेर्दा जिल्ला स्तरिया खेल खेलाउने जस्तो देखिन्छ। तर यस खेलमा प्रतिस्पर्धा गर्ने खेलाडीहरु भने विभिन्न किसिमका छन्।

२०७३ सालमा भएको सातौँ राष्ट्रिय खेलकुदमा ७ स्वर्ण जितेका देखि रिक्सा चालक खेलाडी र कान्छा खेलाडीसमेत यहाँ प्रतिस्पर्धा गरिरहेका छन्।

 

८ स्वर्ण जित्ने लक्ष्य

सातौँमा एक स्पर्धा समय अभावका कारण खेल्न नपाएका एपीएफका राजु राई आठौँमा भने सबै ८ स्पर्धामा स्वर्ण जित्ने तयारीमा छन्। आइतवार उनले ब्वाइज अलराउण्डको फ्लोरतर्फ १०८० डिग्री रोटेसन गर्दै कीर्तिमानी स्वर्ण जिते। उनले आठौँमा दुई स्वर्ण जितिसकेका छन्। भन्छन् सातौँमा ७ स्वर्ण जितेको थिएँ। अब आठौँमा ८ स्वर्ण जित्ने लक्ष्य छ। तर उनी पूर्ण रुपमा फित भने देखिँदैनन्। उनको कुममा चोट लागेको छ। चोटका बावजुत पनि हार मान्ने पक्षमा भने उनी छैनन्।

इनुजुरीले गर्दा राम्रोसँग हात चल्दैन। एकदमै चुनौती छ ८ स्वर्णका जित्नका लागि। अब म सकेसम्म राम्रो प्रदर्शन गर्छु। ८ स्वर्ण जिते भनेँ त्यो कीर्तिमान हुन्छ।

आठौँका लागि राजुले पर्याप्त तयारी भने गर्न पाएनन्। भुकमप्का कारण जिम्न्यास्टिको प्रशिक्ष गर्ने स्थल क्रयाक भएपछि उनले काठमाडौँको लाजिम्पाटमा आफ्नै पहलमा फिटनेस सेन्टरमा प्रशिक्षण गरेको बताए। तर अझैपनि पर्याप्त मात्रमा प्रशिक्षण गर्न नपाएको र प्रशिक्षकबाट पनि धेरै प्रशिक्षण लिन नपाएको उनले सुनाए।

 

रिक्सा चालक खेलाडी

जिम्नास्टिककमा प्रतिस्पर्धा गरिरहेका अर्का खेलाडी हुन् इस्लाम अली सई। ३० वर्षका इस्लाम सई परिवार चलाउनका लागि अटो चलाउँछन् भने आफ्नो प्यासपन पूरा गर्नका लागि जिम्नास्टिक खेल्छन्। अहिलेसम्म उनले ४ राष्ट्रिय खेलकुद खेलिसके।

'मलाई गेमप्रति इन्ट्रेस्ट छ। तर गर्ने के आफ्नो समस्या र बाध्यता छ। आफ्नो बालबच्चा पाल्नुसपर्‍यो। त्यसको लागि अटो चालउँछु। अनी गेम खेल्न इन्ट्रेस्ट छ। तर सेवा सुधिवा छैन। व्यवस्थित छैन। आफै माएर गेम खेल्न जाँदा राम्रो लाग्दैन।'

उनी आइतवार रिक्सा चलाएरै खेल स्थल आइपुगेका थिए। रिक्ला हल बाहिर राखेर उनी प्रतियोगिता भइहेको स्थानमा पुगे।

करिब १५ वर्ष जिम्नास्टिक खेलिसकेका उनले जिल्ला र क्षेत्रिय स्तरमा पदक जितिसकेका छन्। तर राष्ट्रिय स्तरमा भने उनले खेल्नका लागि पर्याप्त पूर्वाधारमा तयारी गर्न नपाएको बताए।

'१५-१६ वर्ष खेलेँ। जिल्ला क्षेत्रमा गोल्ड मेडल ल्याए। राष्ट्रिय स्तरमा मेरो कमजोरी छ। तयारीका लागि सामाग्री छैन। राम्रो तयारी भएको भएको भए मैले यहाँ पनि राम्रो गर्न सक्थेँ।'

'बाँके जिल्लामा खेलकुदको सामान छै। जमिनमै तयारी गर्नुपर्छ। तैपनि राम्रो भइरहेको छ।'

सातौँ राष्ट्रिय खेलकुद आफ्नै ठाउँमा भइरहेकोले उनी यहिँ खेल्न पाउँदा खुशी छन्। तर रिक्सा चलाउने र खेल्ने काम एकै पटक गर्दा उनलाई लाज लाग्ने बताउँछन्।

'रिक्सा चलाएर हिँड्दा बाटोमा अरुले चिन्छन् खेलाडी भएर रिक्सा चलाएको भन्छन् लाज त लाग्छ तर गर्ने के? आफ्नो बाध्यता हो। रिक्सा नचलाएर सुखै छैन। पाल्नुपर्‍यो घरपरिवार चलाउनुपर्‍यो। तर मलाई खेलमा एकदमै इन्ट्रेस्ट छ। यदी खेलमै केही हुन्थ्यो भने मलाई रिक्सा चलाउन मन पर्दैन।'

मलाई खेल्ने अझै इच्छा छ तर समस्या छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell