PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चेन्नाइमाथि बैंग्लोरको १ रनको रोमाञ्चक जीत, धोनीको ८४ रन छायामा



पहिलोपोस्ट

चेन्नाइमाथि बैंग्लोरको १ रनको रोमाञ्चक जीत, धोनीको ८४ रन छायामा

इन्डियन क्रिकेट लिग (आइपीएल) को गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैग्लोरले चेन्नाइ सुपर किंग्समाथि एक रनको रोमाञ्चक जीत हासिल गरेको छ। बैंग्लोरको घरेलु मैदानमा चेन्नाइ १६२ रनको लक्ष्य पछ्याउने क्रममा १६० रनमा समेटियो। चेन्नाइका लागि कप्तान महेन्द्रसिंह धोनीले नटआउट ८४ रन जोडे पनि जीतका लागि पर्याप्त भएन।

लिगमा बैंग्लोरको यो तेस्रो जीत हो। दशमध्ये सात खेल उसले हारेको छ। लिगको शीर्ष स्थानमा रहेको चेन्नाइको यो तेस्रो हार हो। १० खेलबाट १४ अंकसहित चेन्नाइ शीर्ष स्थानमा छ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले घरेलु मैदानमा २० ओभरमा १६१ रन बनाएको थियो। बैंग्लोरका लागि पार्थिव पटेलले ५३ रनको योगदान दिए। यस्तै, मोइन अलीले २६ रन जोडे।

१६२ रन पछ्याएको चेन्नाइले खराब सुरुवात गरेको थियो। दुई ओपनर सस्तोमा नै गुमाएको चेन्नाइका लागि धोनी, अम्बाती रायडु र रवीन्द्र जडेजा बाहेकका कुनै पनि खेलाडीले दोहोरो अङ्क छुन सकेनन्। रायडुले २९ तथा जडेजाले ११ रन जोडे।

बलिङतर्फ चेन्नाइका जेडाजा, दीपक चाहर र ड्वायन ब्राभोले समान दुई/दुई विकेट लिए। बैंग्लोरका डेल स्टेन र उमेश यादवले दुई/दुई विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell