PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

श्रीलंकामा शृङ्खलाबद्ध बम विस्फोटः मृत्यु हुनेको संख्या २९० पुग्यो, करिब ५०० जना घाइते (अपडेट)



पहिलोपोस्ट

श्रीलंकामा शृङ्खलाबद्ध बम विस्फोटः मृत्यु हुनेको संख्या २९० पुग्यो, करिब ५०० जना घाइते (अपडेट)

श्रीलङ्काको राजधानी कोलम्बोमा होटल तथा चर्चसहित देशका पूर्वी भेगमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ। आइतबार भएका ८ वटा शृङ्खलाबद्ध विस्फोटमा ५०० भन्दा बढी घाइते भएका छन्। 

मृत्यु हुनेमा धेरै विदेशी नागरिकसमेत रहेको बीबीसीले जनाएको छ। सन् २००९ मा आन्तरिक गृहयुद्धको समापनपछि श्रीलङ्कामा भएको यो ठूलो हमला हो। 
प्रहरीले शंकास्पद २४ जनालाई नियन्त्रणमा लिएको छ। घटना कसले किन घटायो भन्ने यकिन भएको छैन। 

+++

समाचारहरु अनुसार राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च बिस्फोटमा ६७ जनाको मृत्यु भएको छ।
 
सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ।
चर्च सहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम विस्फोटनका घटना भएको प्रहरीले जनाएको छ। राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि विस्फोट भएका छन्। 

मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ।

शृङ्खलाबद्ध बम आक्रमणबाट प्रताडित श्रीलङ्काको राजधानी कोलम्बोको नजिक देहीवालामा पुनः बम बिस्फोट भयो। विस्फोटबाट दुई जनाको मृत्यु भएको श्रीलङ्काली प्रहरीका प्रवक्ताले जनाए।

प्रहरी प्रवक्ता रुवान गुनसेकराले आइतबार कोलम्बोको उत्तरी ओरुगोदावाट्टामा पनि आठौं बिस्फोट भएको हो।

बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको विस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन्। 

बिस्फोट निकै शक्तिशाली भएका कारण चर्चभित्र व्यापक क्षति भएको देखिएको छ। चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ। 

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्। गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell