PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

तारा एयरको जहाज दुर्घटनाबाट जोगियो, ल्याण्ड गर्ने क्रममा चिप्लिएर घाँसे मैदानमा



पहिलोपोस्ट

तारा एयरको जहाज दुर्घटनाबाट जोगियो, ल्याण्ड गर्ने क्रममा चिप्लिएर घाँसे मैदानमा
फाइल फोटो

काठमाडौँः काठमाडौँबाट सोलुखुम्बुको फाप्लुका लागि उडेको तारा एयरको ड्रोनियर जहाज मौसम खराब भएपछि मन्थली विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ।

मौसम खराब भएपछि मन्थली डाइभर्ट गरिएको जहाज बिहान करिब ९ः३८ मा अवतरणका क्रममा चिल्लिएर घाँसे मैदानमा पुगेको हो। 

दुर्घटनामा विमानको अघिल्लो भागमा क्षति पुगेको छ। 

नाइन एन एकेके कलसाइन रहेको जहाजमा १४ विदेशी र तीन चालक दलका सदस्य थिए। चालक दलका सदस्यसहित सबै यात्रु सुरक्षित रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। 

२२ वर्ष पुरनो जहाज २ वर्षसम्म सीता एयरले चलाएको थियो। सन् २०१३ अक्टोबरदेखि तारा एयरले चलाउँदै आएको छ। 

घटना लगत्तै हवाई सेवा सुरक्षा विभागको टोली घटनास्थलमा अध्ययनका लागि हिँडिसकेको प्राधिकरणले जानकारी दिएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रनवे मर्मत सुरु भएपछि गत चैत १८ गतेदेखि लुक्लाका उडान रामेछापबाट हुँदै आएको छ। 

वैशाख १ गते लुक्ला विमानस्थलबाट रामेछापका लागि उडान भर्न लागेको समिट एयरको विमान विमानस्थलमै दुर्घटनामा परेको थियो। दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell