PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

एथ्लेटिक्स : म्याराथनमा कृष्ण र राजपुराले जिते स्वर्ण



पहिलोपोस्ट

एथ्लेटिक्स : म्याराथनमा कृष्ण र राजपुराले जिते स्वर्ण

दाङ : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको फु म्याराथनमा कृष्ण बस्नेत र राजपुरा पछाईले स्वर्ण जितेका छन्।

सोमबार दाङको तुलसिपुरस्थित बेलझुण्डी रंगशालामा भएको म्याराथन पुरुषतर्फ नेपाली सेनाका कृष्ण र महिलातर्फ नेपाल पुलिसकी राजपुराले स्वर्ण जितेका हुन्।

पुरुषतर्फ सेनाका कृष्ण बस्नेतले निर्धारित दूरी २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरे। यस्तै कर्णाली प्रदेशका दुर्गा बुढाले २ घण्टा १८ मिनेट ३९ सेकेन्डमा दूरी पूरा गर्दै रजत जिते भने एपीएफका किरण सिह बोगटीले २ घण्टा २२ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै कास्य जिते।

त्यस्तै महिला फुल म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले दुई घण्टा ५९ मिनेट ३८ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। ३ घण्टा ५३ सेकेन्डमा दूरी पार गर्दै एपीएफकी पुष्पा भण्डारीले रजत तथानेपाली सेनाकी सरिता बासिले ३ घण्टा ८ मिनेट ३ सेकेन्डमा दूरी पूरा गर्दै कास्य जितिन्।

बेलझुण्डी रंगशाला परिसरबाट सुरु भएको म्याराथन हेमन्तपुर, विजौरी, ग्वार खोला, पर्सेनी, तुलसीपुर, दोघरे, डाडाँचिस, बाघर पिपलको रुख नजिबाट घुमेर श्रीगाउँ सातनम्बर वडा कार्यालय अगाडि, कुमलगढी, गहतेखोला पुल, तुलसीपुर हुँदै मोतिपुर, विजौरी, हेमन्तपुरहुँदै बेलझुण्डी  रंगशालको ट्रयाकमा एक राउण्ड लगाएपछि सकिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell