PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

आठौं राष्ट्रिय खेलकुद : पौडीमा दोस्रो दिन गौरिका र नाथन दोर्जेले थपे स्वर्ण



पहिलोपोस्ट

आठौं राष्ट्रिय खेलकुद : पौडीमा दोस्रो दिन गौरिका र नाथन दोर्जेले थपे स्वर्ण

बाँके : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंह र नाथन दोर्जे शेर्पाले व्यक्तिगत तेस्रो स्वर्ण जितेका छन्।

नेपालगन्जको सिग्नेट होटलमा भइरहेको पौडी अन्तर्गत त्रिभुवन आर्मीकी खेलाडी गौरिकाले ४०० मिटर फ्रिस्टयाल र एनआरएनएका नाथन दोर्जे शेर्पाले ४०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक जितेका हुन्।

सोमवार बिहान भएको स्पर्धामा स्वर्ण जितपछि दुवैको व्यक्तिगत स्वर्ण संख्या ३ पुगेको छ।

गौरिकाले सोमबार ४ सय मिटर फ्रीस्टाईलमा डुआना लामालाई पछि पार्दै तेस्रो स्वर्ण पदक जितेकी हुन्।

गौरिकाले ४ मिनेट ४४.८१ सेकेन्डमा दुरी पूरा गरिन। डुआनाले ४ मिनेट ५०.४७ सेकेन्डमा दुरि पूरा गरिन्। कास्य पदक जितेकी एपीएफकी टिशा शाक्यले ५ मिनेट १२.४ सेकेन्डमा दूरी सकाइन्।

उता पुरुष ४ सय मिटर फ्रीस्टाईलमा एनआरएनका नाथन दोर्जे शेर्पाले स्वर्ण जितेका हुन्।

शेर्पाले ४ मिनेट ३३.९ सेकेन्डमा दूरी पूरा गर्दा एपीएफका नासिर हुसेनलाई पछि पारे।

हुसेनले ४ मिनेट ३९.४७ सेकेन्डमा दुरि पार गरे। एपीएफकै उर्गेन महर्जनले ५ मिनेट १.५० सेकेन्डमा निर्धारित दुरि पूरा गर्दै कास्य जिते।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell