PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फलामे ढोका फोरेर एकता अगाडि बढएका छौं, गाँठो फुक्यो, मिसन कम्प्लिट : प्रचण्ड



फलामे ढोका फोरेर एकता अगाडि बढएका छौं, गाँठो फुक्यो, मिसन कम्प्लिट : प्रचण्ड

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको गाँठो फुकेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जिल्ला कमिटीहरुको एकता सबभन्दा कठिन भएको बताए।

जिल्ला कमिटीहरुको एकीकरण फलामे ढोका भएको बताउँदै प्रचण्डले भने,‘फलामे ढोका फोरेर एकता अगाडि बढएका छौं। जिल्ला कमिटी मै हाम्रो गाँठो परेको थियो। त्यो गाँठो फुक्यो।’

जिल्ला कमिटीको एकता भएपछि मिसन कमप्लिट भएको दाबी उनले गरेका छन्।

पार्टीको एकता घोषणा भएको पछिल्लो एक वर्षभित्र पार्टीमा गाँठो परेको बताउँदै प्रचण्डले भने,‘राम्रो गर्ने उदेश्य राखे पनि गाँठो कसिएको जस्तो देखियो। अन्तमा हामी जहाँबाट सुरु गर्यौं त्यही पहिलेकै ठाउँमा गएर काम पुरा गरौं।’

जिल्ला कमिटीको एकता घोषणाले प्रतिक्रियावादीहरुका लागि प्रतिवाद र कम्युनिष्टहरुका लागि उत्साह भएको उनले बताए।

एकतामा जानबाट रोक्न आन्तरिक र बाह्य प्रयास भएको दाबी गर्दै प्रचण्डले भने, ‘सानो मेहेनतले एकता भएको होइन। निर्वाचन सकिएपनि एकता रोक्न नेपालभित्र र बाहिर प्रयास भयो।’

 

सांस्कृतिक आन्दोलन गर्न आह्वान

प्रचण्डले देशमा सांस्कृतिक आन्दोलन गर्न आह्वान गरेका छन्। चीनको जस्तो नभएर नेपालको सांस्कृतिक आन्दोलन आवश्यक रहेको प्रचण्डले बताएका छन्।

‘नयाँ सांस्कृतिक आन्दोलन र क्रान्ति चाहिएको छ। नयाँ युवाको जोस र पुराना अनुभवलाई समेटेर आन्दोलन हुनु पर्छ,’प्रचण्डले भने,‘भ्रष्टाचार, जालझेलकाविरुद्ध आन्दोलन जरुरी छ। चीनको सांस्कृतिक क्रान्ति नबुझियोस् नेपालको सांस्कृतिक क्रान्ति चलाउनु छ।’

प्रचण्डले आगामी ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सम्मेलन सकिने बताए। एक वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने तयारी भएको प्रचण्डले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell