PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पत्रकारलाई आइजीको गुनासोः यो चाहियो, त्यो चाहियो भन्छन्, दिन नसक्दा समाचार लेख्छन्



पत्रकारलाई आइजीको गुनासोः यो चाहियो, त्यो चाहियो भन्छन्, दिन नसक्दा समाचार लेख्छन्

काठमाडौं: महानिरिक्षक सर्वेन्द्र खनालले सोमबार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलनको आयोजना गरे। महानिरिक्षक खनालको सम्मेलनको उद्देश्य एक वर्षभरी आफूले गरेका कामको व्याख्या गर्नु भन्दा खासै केही देखिएन।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले एक घन्टा लगाएर कामको फेहरिस्ता लगाए। एक घन्टापछि महानिरिक्षक खनालले त्यसैमा लम्बेतान गरे। केही समयपछि पत्रकारको प्रश्न उत्तरमा भने महानिरिक्षकलाई केही गाह्रो बनाइदियो।

शुरुमा नै पोखराका एक पत्रकार पक्राउको बारेमा गरिएको प्रश्नले महानिरिक्षक खनालले भने, 'हामीलाई प्रहरी भर्सेस पत्रकार बन्नु छैन।'  केन्द्रीय अनुसन्धान ब्युरोले केही समय अगाडि पक्राउ गरेका पत्रकार सम्बन्धित अनलाइन दर्ता नभएको कारणले मात्र नियन्त्रणमा लिएको महानिरिक्षक खनालले दाबी गरे।'  

खनालले थपे, 'प्रेस काउन्सिलमा पत्र आउँदा दर्ता भएको छैन भन्ने आयो। दर्तामा नआएपछि प्रहरीले के हेरिरहेको छ भनेर प्रश्न तपाइहरुले पनि उठाउँदै आउनु भएको हो। पछि दर्ता भएको रहेछ भन्ने आएपछि उसलाई राखिरहनु हुन्न भनेर निर्देशन दिएको हुँ।' खनालले मुद्दा दर्ता भइसकेकाले अदालतसम्म पुर्‍याउनु पर्ने भएकाले पुर्‍याएको बताए।

सुरुमा पत्रकार समक्ष विनम्र भएर प्रस्तुत भएका महानिरिक्षक खनालले केही पत्रकारको चरित्र समेत उदांगो पार्न खोजे। महानिरिक्षक खनालले भने,'मलाई पनि केही पत्रकारले यो चाहियो उ चाहियो भनेर म्यासेज गरेका छन्। नदिएपछि समचार समेत लेखेका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell