PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'लिटल थिएटर ग्यारेज'ले बनाएको तीन नाटक मञ्चन



पहिलोपोस्ट

'लिटल थिएटर ग्यारेज'ले बनाएको तीन नाटक मञ्चन

काठमाडौं: तीन नाट्य प्रस्तुतिसहित पाँचौ ‘लिटल थिएटर ग्यारेज’ सम्पन्न भएको छ। थिएटर मल–कीर्तिपुर रंगमञ्चद्वारा आयोजित कार्यशालमा अन्तर्गत निर्मित नाटकहरु ‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ र ‘करेसाबारीका जडिबुटी’ मञ्चन भएका हुन्। साथै बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलसहित ग्यारेज समापन भएको हो।

राराहिल मेमोरियल स्कुलसँगको सहकार्यमा पुनःस्थापित थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले हरेक वर्ष गर्ने यो ग्यारेज बालबालिकाका लागि अभिनय कार्यशाला हो।

बाल रंगमञ्चको अन्तर्राष्ट्रिय संगठनको नेपाल सेन्टर आसितेज नेपालको साथमा लिटल थिएटर ग्यारेज २०७५ को चैत २० बाट सुरु भएको थियो। १५ दिने कार्यशालामा अघिल्लो १० दिन अभिनय र नाटकका प्रक्रियाहरु बुझ्दै, पछिल्लो ५ दिनमा तीन नाटक तयार पारेका थिए।

५ देखि १४ वर्षसम्मका ३४ जना बालबालिका सहभागी भएको कार्यशालामा थिएटरका प्रक्रियाहरुहरु मार्फत बालबालिकाको वृत्ति विकासका क्रियाकलापहरु भए। जसमा चित्रकला, माटो कला, नृत्य, कथावाचान, कथालेखन, वक्तृत्व लगायतका क्रियाकलापमा पनि थिए।

समापन कार्यक्रममा जापानी बालकथाकार मिल साकाईको बाल पुस्तक श्रृंखला ‘मेच्या बिरालो’ को चौथो श्रंखला ‘चियाको रमाइलो’ पनि विमोचन भयो। लेखक, सम्पादक तथा राराहिल स्कुलका अध्यक्ष तुलसीदास महर्जन, आसितेज नेपालका अध्यक्ष दिपर्शनजंग राणा लगायतका अतिथिहरुले विमोचन गरेका हुन्।

‘बालबालिकालाई नाटक घर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, सोच्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने मूल धारणामा हरेक वर्ष चैत २० देखि हुने कार्यशाला २०७१ सालदेखि नियमित हुँदै आएको छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell