PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दक्षिणी क्यालिफोर्निया : जहाँ प्रत्येक ३ मिनेटमा आउँछ भूकम्प, ९ वर्षमा २० लाख पटक



दक्षिणी क्यालिफोर्निया : जहाँ प्रत्येक ३ मिनेटमा आउँछ भूकम्प, ९ वर्षमा २० लाख पटक
फोटो: nbcsandiego.com

वासिङ्टन: एक रिपोर्ट अनुसार दक्षिण क्यालिफोर्नियामा हरेक ३ मिनेटमा एक पटक भूकम्प आउँछ। क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी(सन डियागो)को अनुसन्धानकर्ताहरुले यो तथ्य हालै सार्वजनिक गरेका हुन्।
 
सर्भेको दौरानमा दक्षिण क्यालिफोर्नियामा मे २००८  देखि सेप्टेम्बर २०१७ सम्ममा २० लाख भूकम्प आए। ती भूकम्पको तीब्रता २.० देखि ३.० म्याग्निच्युडका थिए जसको खसै महसुस तथा प्रभाव परेन। रिर्पोटअनुसार उक्त्त क्षेत्रमा दैनिक ४९५ भूकम्पको महसुस हुन्छ।

यूएस जियोलोजिकल सर्वेक्षणका अनुसार ३.० म्याग्निच्युडभन्दा माथिका भूकम्प थाहा पाउन सकिन्छ। त्यो भन्दा सानाको खासै महसुस हुँदैन र पत्ता लगाउन पनि गाह्रो कुरा हो। 

अनुसन्धानकर्ता जाक रोज भन्छन्, 'यो प्रक्रियामा छोटो तीव्रताका भूकम्पहरुको तत्थ्यङ्क संकलन गर्न धेरै गाह्रो भयो।  कम्प्युटरको सहायताले त्यो अलि सहज भयो अब यसले अरुलाई सघाउने छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell