PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गोरिल्लासँग रेन्जरको सेल्फी



गोरिल्लासँग रेन्जरको सेल्फी
फोटो: RANGER MATHIEU SHAMAVU

कंगोमा गोरिल्लासँग लिइएको सेल्फी फोटोको हाल चर्चा भइरहेको छ।

कंगोको भिरुंगा राष्ट्रिय निकुञ्जको गोरिल्ला आश्रयस्थलमा रहेका दुई गोरिल्लाहरुसँग उनीहरुलाई बाल्य अवस्थामा उद्धार गरेका रेन्जरहरुले सेल्फी लिएका हुन्।

निकुञ्जका उप निर्देशक इन्नोसेन्ट बुरानुमवीले गोरिल्लाहरुको स्याहारमा खटिएका रेन्जरहरुको नक्कल गर्ने क्रममा उक्त तस्विर लिइएको हो।

सिकारीहरुले ती गोरिल्लाका परिवारलाई मारेपछि रेन्जरहरुले नै उनीहरुको स्याहार गर्दै आएको र गोरिल्लाले तिनीहरुलाई आफ्नो परिवार ठानेको उनले बताएको बीबीसीले उल्लेख गरेको छ।

२००७ मा दुई वर्ष चार महिनाको हुँदा ती गोरिल्लाका आमाको हत्या भएको थियो। लगत्तै उनीहरुलाई  भिरुंगा ल्याइ हालसम्म त्यही राखिएको छ।

बुरानुमवीका अनुसार ती गोरिल्लाहरुले मानिसहरुको नक्कल गर्दै आएका छन् र मानिस जस्तै व्यवहार देखाउने प्रयत्न गरिरहेका छन्।

'पहिला मलाई धेरै अचम्म लाग्यो। रमाइलो लाग्यो। गोरिल्ला कसरी मानिसको नक्कल गर्दै उठ्न सक्छ भनेर हेर्नु निकै उत्सुक्ता हुन्छ। '

तर उनले रेन्जरका नाताले यो जहिल्यै सजिलो नहुने र खतरनाक अवस्था रहेको बताउँछन्।

भिरुंगा राष्ट्रिय पार्कमा हालसम्म १३० जनाभन्दा बढी रेन्जरहरु शिकारीको निशानामा परी ज्यान गुमाइसकेको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell