PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आठौँ राष्ट्रिय खेलकुद : एथलेक्टिसमा २१ स्वर्ण जित्दै आर्मी च्याम्पियन, उसुमा निमा र मिनालाई स्वर्ण



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद : एथलेक्टिसमा २१ स्वर्ण जित्दै आर्मी च्याम्पियन, उसुमा निमा र मिनालाई स्वर्ण
उसुका पदकारी निमा र मिनासहित खेलाडी

बाँके : नेपाल आर्मी आठौ राष्ट्रिय खेलकुद एथ्लेटिक्स प्रतियोगिताको च्याम्पिएन बनेको छ। दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा संचालित प्रतियोगितामा शसक्त प्रर्दशन गरेको नेपाली सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो।

त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको शसस्त्र प्रहरीको एपीएफले टिम उपविजेतामा चित्त बुझाउदा नेपाल पुलिस ३ स्वर्ण ५ रजत र ४ कास्य पदकका साथ तृतिय स्थान हासिल गर्‍यो।

५ नं प्रदेश १ स्वर्ण, ८ रजत र ६ कास्य पदक हात पार्दै चौथो स्थान हासिल गर्न सफल भयो। महिला १८ र पुरुष १८गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङगो लागेको छ।

बैशाख ५ बाट संचालन भएको प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एन.आर.एन.को सहभागिता रहेको थियो।

नेपाल आर्मीका कृष्ण बस्नेत र नेपाल प्रहरीकी राजपुरा पछाई आठौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल म्याराथन प्रतियोगिताको च्याम्पिएन बनेका छन्। 

४२ दशमलव १९५ किलोमिटर म्याथन दौड २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरी स्वर्ण जितेका बस्नेतले आफ्नो २ घण्टा २० मिनेटको पुरानो रेर्कडमा सुधार गर्दै च्याम्पियन बनेका हुन्।

यस्तै प्रदेश नं ६ का दुर्गा बहादुर बुढाले २ घण्टा १८ मिनेट ३९ सकेन्डमा रजत जित्दा एपीएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट १० सेकेण्ड कास्य पदक हात पारे।

त्यस्तै महिला फुल म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले दुई घण्टा ५९ मिनेट ३८ सेकेण्डको रेर्कड बनाउदै पूरा गर्दै स्वर्ण जितिन्। त्यस्तै ३ घण्टा ५९ सेकेन्डमा दुरि पार गर्दै एपिफ कि पुस्पा भण्डारीले रजत जित्दा नेपाली सेनाकी सरिता बासिले ३ घण्टा ८ मिनेट ३ सेकेन्डमा कास्य पदक जितिन्। दाङको बेल्झुण्डी रंगशालाबाट सुरुवात गरिएको म्याराथनको रुट हेमन्तापुर, बिजौरी, पर्सेनी, तुलसीपुर, दोघरे, दुधेना, अश्वरा, डाँडाचिस, कुमलगढी, मिरौली, बागर हुदै श्रीगाँउबाट पुनः सोही ट्रयाक हुदै वेलझुण्डी रंगशालाको सेन्थेटीक ट्रयाकमा एक राउण्ड लगाएर अन्त्य गरिएको थियो। म्याराथनमा पुरुष तर्फ १५ र महिला तर्फ ६ जना खेलाडी गरी २१ जनाले भाग लिएका थिए।

 

 

सेपकताक्रो : आर्मीद्वारा क्लिन स्विप

आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रो प्रतियोगितामा समावेश चारै स्पर्धाको उपाधिमाथि आर्मीले कब्जा जमाएको छ।

बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित गर्‍यो। त्यसअघि आर्मीले महिला डबल्स तथा पुरुष÷महिला रेगुको फाइनल जितेको थियो।

पुरुष-महिला दुवैमा आर्मी, प्रदेश १, ३, ४, ५ र ७ गरी छ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

 

ह्यान्डबल : एपीएफ र गण्डकी भिड्ने

आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा एपीएफ र गण्डकी प्रदेश उपाधिका लागि भिड्ने भएका छन्। नेपालगन्ज रंगशाला परिसरमा भएको सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली आर्मीलाई ३२–२६ ले पराजित गर्‍यो। एपीएफका लाकेन्द्र चन्दले ९ गोल गरे। अर्को सेमिफाइनलमा गण्डकीले प्रदेश ३ लाई ४०–१८ को फराकिलो गोलअन्तरले हरायो। गण्डकीका दिनेश श्रेष्ठ तथा करण थापाले समान ७–७ गोल गरे। प्रदेश ३ का अमर श्रेष्ठले पनि ७ गोल गरे।

नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालयको मैदानमा भएको प्रतियोगिताअन्तर्गन महिलाको उपाधि भिडन्त दुवै विभागीय टोली आर्मी र एपीएफबीच हुने भएको छ।

आर्मीले प्रदेश १ लाई ३८–१७ ले पाखा लगायो। आर्मीकी कविता राईले ११ गोल गरिन्। एपीएफले गण्डकीलाई २२–४ ले पन्छायो। एपीएफकी देवी श्रेष्ठले ७ गोल गरिन्। पुरुष-महिला दुवैको फाइनल मंगलबार नेपालगन्ज रंगशाला परिसरमा अपरान्ह ३ बजेदेखि सुरु हुनेछ।

 

जिम्न्याष्टिक : राजुलाई ५ स्वर्ण

आठौंअन्तर्गत राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा एपीएफका राजु राईले ५ स्वर्ण जितेका छन्। राजुले थप १ रजत पनि जिते। सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए।

कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोड्दै स्वर्ण जिते। एपीएफका दिनेश सुनुवार दोश्रो तथा प्रदेश ३ का उज्ज्वल तिवारी तेश्रो भए। भल्टिङ टेबलमा राजुले रजतमा चित्त बुझाउदा प्रदेश ३ का उज्ज्वल तिवारीले ७.२५ अंक जोड्दै पहिलो स्थान हात पारे। प्रदेश ३ कै त्रिदेव गिरी तेश्रो बने।

प्यारलल् बारमा राजु ७.४ अंकसाथ शीर्ष स्थानमा रहे। प्रदेश ३ का सत्यनारायण मानन्धर दोश्रो तथा प्रदेश ७ का जितेन्द्र चौधरी तेश्रो भए। पोमेल हर्समा पहिलो भएका राजुले ५.९० अंक जोडे। एपीएफकै रिकेश तामाङ दोश्रो तथा प्रदेश ३ का त्रिदेव गिरी तेश्रो भए।

अलराउन्डमा पहिलो स्थान हात पारेका राजुले २६.९० अंक प्राप्त गरे। प्रदेश ३ का सत्यनारायण मानन्धर दोश्रो तथा एपीएफका विष्णु बाटा तेश्रो भए । राजुले थप एक स्वर्ण टिम इभेन्टमा जिते। राजुसहितको रिकेश तामाङ, रमेश श्रेष्ठ, श्रीकृष्ण खरबुजा, दिनेश सुनुवार र विष्णु बाटाको टोलीले ११०.६० अंक जोड्दै स्वर्ण जितेको हो। प्रदेश ३ दोश्रो तथा प्रदेश ७ तेश्रो भए।

महिलाको टिम इभेन्टमा प्रदेश ३ ले स्वर्ण हात पार्‍यो। प्रदेश ३ का तारा सिवाकोटी, जेनिसा थापा, प्रकृति थापा मगर, रिजु रन्जित, सौभाग्य कोजु र सविक्षा सुवालको टोलीले ४८.५७५ अंक जोडे । एपीएफ दोश्रो तथा प्रदेश ७ र प्रदेश ५ तेश्रो भए।

एपीएफकी पिंकी झाङले दोहोरो स्वर्ण चुमिन्। पिंकीले महिला भल्टिङमा ७.७० अंक जोडिन्। प्रदेश ३ की तारा सिवाकोटी दोश्रो तथा आर्मीकी विदिशा न्यौपाने तेश्रो भए। पिंकीले फ्लोर स्पर्धामा अर्को स्वर्ण चुमिन्। प्रदेश ३ की तारा सिवाकोटी र आर्मीकी विदिशा न्यौपाने तेश्रो भए।

 

उसु : निमा र मिनालाई स्वर्ण

आठौंअन्तर्गत १४ औं राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीकाद्वय १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी निमा घर्ती मगर र मिना ग्लानले स्वर्ण जितेका छन्।

महिला नान् छवान्-नान् तावमा निमाले समग्रमा १८.२ अंक जोडिन्। प्रदेश ३ की अन्जिता स्याङ्तान दोश्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेश्रो भए।

महिला थाइची छ्वान-थाइची चेनमा आर्मीकी मिना ग्लान १८.२१ अंकसाथ पहिलो भइन्। मिनाले १२ औं सागकी रजत विजेता आर्मीकै सविता राईलाई पछि पारिन्। सविताले १७.९८ अंक जोडिन्। सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरी तेश्रो भइन्।

पुरुष थाइची छ्वान-थाइची चेनमा आर्मीका हरिप्रसाद गोल पहिलो भए। उनले १८.४८ अंक जोडे। प्रदेश ३ का पासाङ शेर्पा दोश्रो तथा सुदूरपश्चिमका जनक बुढा तेश्रो बने। पुरुष नान छ्वान-नान कुनमा कर्णाली प्रदेशका दीपक हमालले स्वर्ण जिते। उनले १९.१ अंक प्राप्त गरे। एपीएफका युवराज थापाले रजत तथा एपीएफकै सन्नी श्रेष्ठले कांस्य हात पारे। सान्सौंको ८ स्पर्धाको फाइनल आउन बाँकी छ।


सुटिङ

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्ज रंगशालामा जारी सुटिङ्ग प्रतियोगितामा गण्डकी प्रदेशले दुई, प्रदेश ५ र नेपाल प्रहरीले एक–एक स्वर्ण पदक हात पारेका छन् । गण्डकी प्रदेशले एयर पेस्तोल महिला व्यक्तिगत तर्फ र एयर पेस्तल व्यक्तिगत पुरुष तर्फ स्वर्ण पदक जित्यो ।

प्रदेश ५ ले एयर पिस्तोल समूह र नेपाल प्रहरीले एयर राइफल समूहतर्फ स्वर्ण पदक हात पारे । सुटिङ्ग तर्फ एयर राइफल व्यक्तिगत महिला÷पुरुष बाहेक अन्य खेल सकिएको छ । एयर राइफल व्यक्तिगत महिला÷पुरुष तर्फको फाइनल खेल मंगलबार विहान १० बजे हुने भएको छ । फाइनलका लागि महिला÷पुरुषका ८÷८ खेलाडी क्वालिफाइड भएका छन् ।

प्रतियोगिताको एयर पेस्तोल समूहतर्फ प्रदेश ५ ले स्वर्ण पदक हात पारेको छ । एयर पेस्तोल समूह तर्फ प्रदेश ५ का कृष्णा थापा र बदरुद्दिन अन्सारीको समूहले ७२१ अंक हासिल गर्दै स्वर्ण पदक हात पारे । एयर पेस्तोल समूहतर्फ गण्डकी प्रदेशले रजत हात पा¥यो ।

गण्डकी प्रदेशका केवि पुन र श्रेया केसीको समूह ७१९ अंक सहित दोस्रो र ७०४ अंक सहित नेपाल प्रहरी तेस्रो भयो ।

एयर पेस्तोल महिला व्यक्तिगत तर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशकी श्रेया केसीले ५५१ अंक प्राप्त गर्दै प्रथम भइन् । प्रतियोगितामा दोस्रो स्थानमा प्रदेश ५ की कृष्णा थापा भइन् । उनले ५३६ अंक प्राप्त गर्दै रजत पदक हात पारिन् भने ५३० अंक सहित तेस्रो हुँदै नेपाली प्रहरीकी सीमा तुलाधरले काँस्य पदक हात पारिन् ।

एयर पेस्तोल पुरुष व्यक्तिगत तर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशका विजय कार्की ५५६ अंक सहित प्रथम भए । खेलमा नेपाल प्रहरीका सुकदेव चौधरी ५४६ अंक सहित दोस्रो हुँदै रजत र नेपाली सेनाका कुँवेर केसी ५४६ अंक सहित तेस्रो हुँदै काँस्य पदक हात पारे । प्रहरीका चौधरी र सेनाका केसीको समान अंक भएपछि सबैभन्दा बढी फुल अंक प्राप्त गर्ने चौधरीलाई दोस्रो घोषणा गरियो । 

एयर राइफल पुरुष समूह तर्फ नेपाल प्रहरीको ९ए० टोलीले स्वर्ण पदक हात पारेको छ । प्रहरीको फुलमाया क्याप्छाकी र हरिबहादुर थापाको टोली ७४५ अंक प्राप्त गर्दै प्रथम भएको हो । प्रतियोगितामा दोस्रो र तेस्रो स्थान नेपाली सेनाले हात पा¥यो । नेपाली सेनाको बि टिमका मिरा बन्जारा र सुसे चौधरीले ७४१ अंक प्राप्त गर्दै रजत र आर्मीको ए टिमका कल्पना परियार र सुजन रानामगरले ७३६ अंक हासिल गर्दै काँस्य पदक जिते ।

थापाका अनुसार, एयर राइफल पुरुष तर्फ फाइनल खेलका लागि नेपाली सेनाका सुसे चौधरी, गण्डकी प्रदेशका धन बहादुर विक, नेपाल प्रहरीका हरिबहादुर थापा, गण्डकी प्रदेशका मिलन गुरुङ्ग, नेपाली सेनाका सुजन राना मगर, प्रदेश ५ का अर्नभ घिमिरे र रामु क्षेत्री, प्रदेश ३ का दिपक थापा क्वालिफाइड भएका छन् ।

एयर राईफल महिला व्यक्तिगत तर्फको फाइनल खेलका लागि प्रहरीकी सुस्मिता नेपाल, नेपाली प्रहरीकी अस्मिता राई र फुलमाया क्याप्छाकी, नेपाली सेनाका कल्पना परियार र सीमा वन्जारा, प्रदेश २ की निशा लामा, प्रदेश ५ का सपना नेपाली र बसन्ती केसी क्यालिफाइड भएका छन् ।
 

हालसम्म सम्पन्न खेलहरु :

टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गोल्फ, बुद्धिचाल, लन टेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी, जिम्न्याष्टिक, सेपाकताक्रो, एथलेटिक्स, प्याराग्लाइडिङ, भारोत्तोलन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell