PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आठौँ राष्ट्रिय खेलकुद : करातेमा दिवसलाई स्वर्ण



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद : करातेमा दिवसलाई स्वर्ण

बाँके : आठौंअन्तर्गत राष्ट्रिय करातेको पुरुष ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठले स्वर्ण जितेका छन्। फाइनलमा उनले एपीएफका भीम तामाङलाई १३–५ ले पराजित गरे।

पुरुष ७५ केजीमुनि प्रहरीका गंगाराम कुश्वाहाले प्रदेश ५ का उमेश गुरुङलाई ५–३ तथा ६७ केजीमा प्रदेश ४ का नविन रसाइलीले एपीएफका सुवास घतानेलाई ९–१ ले हराउदै स्वर्ण जिते।

महिला ४८ केजीमुनि आर्मीकी सन्नी तामाङले प्रदेश ३ की निरुपमा तामाङलाई ७–२ तथा ६१ केजीमुनि प्रहरीकी एसतर राईले एपीएफकी मनीषा चौधरीलाई ३–२ ले पाखा लगाउँदै पहिलो भए। महिला ५५ केजीमुनि प्रदेश १ की अस्मिता राईले स्वर्ण जितिन्। एपीएफकी सोनी राई विरुद्धको खेलमा अस्मिता ‘सेन्सुइ’ का आधारमा विजयी भइन्। निर्धारित समयको खेल ५–५ को बराबरीमा सकिएको थियो।

 

खो खो

आठौंअन्तर्गत राष्ट्रिय खो खोको पुरुषमा आर्मी, प्रदेश ५, प्रदेश २ र प्रदेश ३ सेमिफाइनलमा पुगेका छन्। महिलामा आर्मी, प्रदेश ५, सुदूरपश्चिम प्रदेश र प्रदेश ३ ले सेमिफाइनलमा स्थान सुरक्षित गरे।

 

आईटीएफ तेक्वान्दो : दिलेनले जिते स्वर्ण

आठौ राष्ट्रिय खेलकुद अन्तरगत जारी १९औ  महिला तथा  पुरुष राष्ट्रिय आइटिएफ प्रतियोगिता अन्तरगत सोमबार भएको पुरुष ५६–६० किलो तौल समुहमा आर्मीका दिनेस बुढा मगरले स्वर्ण पदक जितेका छन्। प्रदेश नम्बर तीनका कासाङ दोर्जे लामाले रजत तथा एपीएफका प्रज्वल गड्तौला र प्रदेश नम्बर पाचका राजु चौधरीले काश्य पदक जिते। ६१–६५ किलो तौल समुहमा एपीएफका गोविन्द धिमालले स्वर्ण पदक जितेका छन्। गण्डकी प्रदेशका प्रविण थापा मगरले रजत तथा प्रदेश नम्बर तीनका आशिष भुजेल र प्रदेश नम्बर पाचका विवेक नेपालीले काश्य पदक जिते।

६६–७० किलो एक नम्बर प्रदेशका दिलेन राइले स्वर्ण पदक जिते। एपीएफका नाङगेल तामाङले रजत तथा आर्मीका ललीत बहादुर बस्नेत र प्रदेश नम्बर तीनका सकिर श्रेष्ठले काश्य पदक जिते। ७१–७५ किलो तौल समुहमा आर्मीका भिम बहादुर तामाङ पहिलो तथा एपीएफका हर्कलाल राजबंशी दोश्रो भए। एक नम्बर प्रदेशका निसान खत्री र प्रदेश नम्बर तीनका  डेविड घलेले कास्य पदक जिते।

महिलाको ४६–५० किलो तौल प्रदेश नम्बर पाचकी सुस्मिता राना मगरले स्वर्ण पदक जित्दा, तीन नम्बर प्रदेशकी निलिमा सुनुवारले रजत पदक जितिन्। सात नम्बर प्रदेशकी सिमा रसाइली र प्रदेश नम्बर पाचकी ममता गाहले कास्य पदक जिते।

५१–५५ किलो तौल समुहमा आर्मीकी रिना धमिालले स्वर्ण र एपीएफकी सञ्चिता लामाले रजत पदक जिते। गण्डकी  प्रदेशकी गंगा थारु  र प्रदेश नम्बर दुइकी सविना श्रेष्ठले काश्य पदक जिते। विजेता खेलाडीलाई सोमबार नै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सीना र नेपाल आइटिएफका अध्यक्ष अन्जन धमला लगायतले पुरस्कार प्रदान गरे।

 

तेक्वान्दो : ६ स्वर्णको टुंगो मंगलबार

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भैरहवामा जारी तेक्वान्दो खेलको स्पाईरिंग तर्फ सोमबार बिभिन्न ६ तौलसमुहका सेमिफाईनल सम्मका खेलहरु सम्पन्न भएका छन्। जस अनुसार पुरुष ८७ केजि माथिको तौल समुहमा नेपाली सेनाका राम हरी महत र नेपाल पुलिस क्लबका अनुज पुजारी फाईनलमा प्रबेश गरेका छन्। त्यस्तै गरी महिला ७३ केजि माथिको तौल समुहमा सुष्मा गुरुंग एपिएफ क्लब र नेपाल पुलिस क्लबकी मनिता शाही फाईनल प्रबेश गरेका छन्। सेमिमा पराजित गण्डकीकी मिरा गुरुंग र प्रदेश १ की पजु राईले काश्य जितेका छन्।

त्यसै गरी पुरुषहरुको ५८ केजि मुनि तौल समुहमा प्रदेश ५ का गोबिन्द बहादुर आले र एपिएफका चन्द्र राना मगर फाईनलमा पुगेका छन भने सेमिफाईनलमा पराजित नेपाली सेनाका सागर गुरुंग र सुदुर पश्चिम प्रदेशका रन्जीत साउदले काश्य पदकमै चित्त बुझाएका छन्।

त्यस्तै महिलाहरुको ४९ केजि मुनि तौल समुहमा एपिएफ क्लबका अस्मिता खडका र नेपाली सेनाकी युनिसा राई फाईनल प्रबेश गरेका छन भने सोहि समुहको सेमिफाईनलमा पराजित प्रदेश १ की रक्षा धिमाल र गण्डकी प्रदेशकी राखी शर्माले काश्य पदक प्राप्त गरेका छन्।

उता पुरुषहरुको ५४ केजि तौल समुह मुनि एपिएफका गणेश चौधरी र नेपाल पुलिसका मनोज मल्ल फाईनलमा प्रबेश गरेका छन भने सोहि समुहमा सेमिफाईनलमा पराजित प्रदेश ५ का नवराज बस्नेत र प्रदेश ३का शैलेश गिरीले काश्य जितेका छन्। त्यसै गरी महिला ४६ केजि मुनि तौल समुहमा सुदुर पश्चिमकी गिता कठेत र नेपाल पुलिसकी रेजिना कार्कि फाईनलमा प्रबेश गरेका छन्। सेमिफाईनलमा पराजित एपिएफकी संगिता श्रेष्ठ र प्रदेश १ की सुष्मिता राईले काश्य जितेका छन्। तेक्वान्दोको फाईनल खेल तथा समापन मंगलबार बिहान भैरहवा ब्याडमिन्टन कभर्डहलमा हुनेछ।

 

२०७६ साल बैशाख १० गते हुने खेलहरु:

नेपालगन्ज रंगशालामा पुरुष फुटबलको पहिलो सेमिफाइनल बिहान ८ र दोश्रो सेमिफाइनल अपरान्ह ४ बजे।

कोहलपुरमा पुरुष क्रिकेटको पहिलो सेमिफाइनल बिहान ८ र दोश्रो सेमिफाइनल अपरान्ह २ बजे।

पुरुष भलिबल सेमिफाइनल बिहान ७:३० देखि तथा महिला भलिबल सेमिफाइनल अपरान्ह ५:०० बजेदेखि, खजुरा, सीतापुर।

ह्यान्डबल फाइनल अपरान्ह ३ बजेखि नेपालगन्ज रंगशाला।

सुटिङ फाइनल बिहान १० बजेदेखि, नेपालगन्ज रंगशाला।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell