PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारोत्तोलनमा अन्तिम दिन २० कींर्तिमान : तारादेवी र पुकार स्ट्रोङगेस्ट प्लेअर, आर्मी र र पुलिस टिम च्याम्पियन



पहिलोपोस्ट

भारोत्तोलनमा अन्तिम दिन २० कींर्तिमान : तारादेवी र पुकार स्ट्रोङगेस्ट प्लेअर, आर्मी र र पुलिस टिम च्याम्पियन

बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भइरहेको भारोत्तोलन प्रतियोगितामा एकै दिन २० कीर्तिमान बनेको छ।

भारोत्तोलनको अन्तिम दिनको प्रतिस्पर्धामा सोमवार भएको सात वटै तौल समूहमा कीर्तिमान बनेको हो।

सात मध्ये ६ तौलसमूहको स्न्याच, क्लिन एण्ड जर्क र टोटल गरी तीनवटै क्याटेगोरीमा कीर्तिमान बन्दा एक तौल समूहमा भने स्न्याच र क्लिन एण्ड जर्कमा मात्र कीर्तिमान बन्यो।

अन्तिम दिन महिला ८१ केजीमा नेपाल पुलिसकी लक्ष्मी बाम र महिला ८७ केजीमा पनि पुलिसकै विद्या राईले तीन नयाँ कीर्तिमान सहित स्वर्ण जिते। यस्तै महिला ८७ प्लस केजीमा आर्मीकी अस्मिता राईले तीन कीर्तिमानसहित स्वर्ण जितिन्।

पुरुष ९६ केजीमा भने दुई वटा मात्र कीर्तिमान बन्दा स्वर्ण जितेका आर्मीका तहल बहादुर बस्यालले एक र रजत जितेका प्रदेश ७ का विशाल सिंह विष्टले एक कीर्तिमान बनाए।

यसैगरी पुरुष १०२ केजीमा प्रदेश ७ का सागर भण्डारीले तीन कीर्तिमानसहित स्वर्ण जिते। पुरुष १०९ केजि मा पुलिसका सन्देश गुरुङ र पुरुष १०९ प्लस केजीमा आर्मीका पुकार गुरुङले तीन तीन कीर्तिमानसहित स्वर्ण जिते।

अन्तिम दिनको खेलपछि महिलातर्फ पुलिस र पुरुषतर्फ आर्मी टिम च्याम्पियन बन्यो। दुवैले १०-१० स्वर्ण जिते। समग्रमा भने पुलिसले १८ र आर्मीले १७ स्वर्ण जित्यो।

आर्मीका पुकार गुरुङ पुरुषतर्फ स्ट्रोङगेस्ट प्लेअर र महिलातर्फ पुलिसकी तारादेवी पुन स्ट्रोङगेस्ट प्लेअर घोषित भए। यस्तै बेस्ट लिफ्टरमा पुरुषतर्फ आर्मीका कमल बहादुर अधिकारी र महिलातर्फ पुलिसकी देवी कुमारी चौधरी उत्कृष्ट भए।

अन्तिम दिनको स्पर्धा र कीर्तिमान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell