PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रिबजेट पहिले नै नीति तथा कार्यक्रम, वैशाख २० मा संसदमा पेस हुने



प्रिबजेट पहिले नै नीति तथा कार्यक्रम, वैशाख २० मा संसदमा पेस हुने

काठमाडौँ: सरकारले योपटक प्रिबजेट छलफल अघि नै नीति तथा कार्यक्रम संघीय संसद्मा पेस गर्ने भएको छ। प्रिबजेट छलफलका सांसदले दिएका सुझाव समेत आधार मानेर नीति तथा कार्यक्रम ल्याइने भए पनि सरकारले नीति कार्यक्रम पहिले ल्याउन लागेको हो।

वैशाख २० गते नीति तथा कार्यक्रम पेस गर्ने तयारीका लागि सरकारले संघीय संसद् सचिवालयलाई औपचारिक पत्र पठाएको छ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन्। संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell