PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रोरा नदीमा डुबेर दुई बालकको मृत्यु



एम बम

कैलाली: नदीमा डुबेर कैलालीको लम्कीमा शनिबार दुई बालकको ज्यान गएको छ।

लम्कीचुहा नगरपालिका ७ चागाबाडिमा रहेको रोरा नदीमा डुबेर २ जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

लम्किचुहा नगरपालिका–७ का ११ वर्षीय सुदिप चौधरी र ११ वर्षकै समिर चौधरीको मृत्यु भएको हो। 

शनिबार बिहान करिब १२ बजेतिर पौडी खेल्ने क्रममा डुबेका उनीहरुको उपचारका क्रममा टीकापुर अस्पतालमा लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

शनिबार नै लम्किचुहा नगरपालिका ४ कौवापुरको रतन खोलामा पानी पिउने क्रममा माथिबाट खसेको ढुंगा लागेर १८ वर्षीय प्रमोद चौधरीको घटनास्थलमै मृत्यु भएको छ। 

यसअघि गएराति लम्किचुहा नगरपालिका वडा नम्बर १० मा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको थियो। से १ त ९८८४ नम्बरको ट्रयाक्टर र से २ प ७३०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका बर्दगोरीया गाउँपालिकाका २७ बर्षीय मनोज न्यौपानेको उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा दुई जना घाइते भएका छन्। 

घाइते बर्दगोरीयाकै नारद न्यौपाने र तुलाराम न्यौपानेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell