PahiloPost

Aug 24, 2019 | ७ भदौ २०७६


सुडानका अपदस्त राष्ट्रपति बसिरलाई हत्या अभियोग लगाइएपछि चर्कियो हिंसा, पाँच जनाको मृत्यु


सुडानका अपदस्त राष्ट्रपति बसिरलाई हत्या अभियोग लगाइएपछि चर्कियो हिंसा, पाँच जनाको मृत्यु
फोटो : Ashraf/ GUARDIAN

खार्तुम : सुडानमा संक्रमणकालीन व्यवस्थाको विरोध गर्दै भएको प्रदर्शनका क्रममा पाँच जनाको मृत्यु भएको छ।

सुडानको राजधानी खार्तुममा भएको प्रदर्शनमा चार प्रदर्शनकारी र सेनाका एक मेजरको मृत्यु भएको बताइएको छ।

गत महिना राष्ट्रपति ओमर अल बसिरलाई अपदस्त गर्दै सेनाले 'कू' गरी सत्ता आफ्नो हातामा लिएको थियो।

ओमरलाई हटाउन सेनाको सहयोग माग गरेका प्रदर्शनकारीले पछि भने सेनाकै विरोध गरेका थिए।

सेनाले दुई वर्षसम्म सैन्य परिषदको सत्ता संचालन गर्ने घोषणा गरेपछि प्रदर्शनकारीहरुले सेनाले सत्ता जनतालाई दिनुपर्ने र निर्वाचन घोषणा गर्नु पर्ने भन्दै प्रदर्शन गर्दै आएका थिए।

अपदस्त गरिएका राष्ट्रपति बसिरविरुद्ध प्रदर्शनकारीहरुको हत्या गरेको अभियोग लगाइएको समाचार बाहिरिएपछि गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन्। बसिरलाई हटाउन माग गर्दै भएको प्रदर्शनमा ९० जनाभन्दा बढीको मृत्यु भएको थियो।

सेनाको मुख्यालय बाहिर धर्ना दिइ प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुमाथि सोमबार एकाएक गोली चलेपछि अवस्था तनावपूर्ण बनेको हो।

सैन्य परिषदले भने गोली चलाउने आदेश आफूहरुले नदिएको बताएको छ। प्रदर्शनकारीहरुकै बीचमा रहेका विपक्षी समूहले गोली चलाएको हुन सक्ने परिषदले जनाएको छ।

विपक्षी समूहले सेनाको क्याम्पमा आक्रमण गर्नुका साथै सैनिक जवानहरुमाथि प्रहार गरिरहेको बताइएको छ।

सुरक्षा अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान भइरहेको बताएको छ।



सुडानका अपदस्त राष्ट्रपति बसिरलाई हत्या अभियोग लगाइएपछि चर्कियो हिंसा, पाँच जनाको मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट