PahiloPost

May 26, 2019 | १२ जेठ २०७६


छोरीमाथि भएको दुर्व्यवहारविरुद्ध बोल्न जाँदा बुवाको हत्या


छोरीमाथि भएको दुर्व्यवहारविरुद्ध बोल्न जाँदा बुवाको हत्या
फोटो: भास्कर

नयाँ दिल्ली: भारतको राजधानी नयाँ दिल्लीमा एक व्यक्तिको चक्कु प्रहार गरी हत्या गरेको छ।

धुव्र राज त्यागीले आफ्नो छोरीलाई केही व्यक्तिले दुर्व्यवहार गरेपछि विरोध जनाएका थिए। विरोध गरेपछि उनीमाथि चक्कु प्रहार गरिएको थियो। 

त्यागी आफ्नी छोरीसँग अस्पतालबाट फर्किरहेका थिए। त्यहीबेला चारजना व्यक्तिले उनीहरुलाई बाटो रोकेर अवरोध गरेको प्रहरीले जनाएको छ।

ती व्यक्तिले अभद्र टिप्पणी गर्दै छोरीलाई दुर्व्यवहार गरेका थिए। त्यागी भने छोरीलाई घरमा छोडेर फेरि दुर्व्यवहार भएको स्थानमा गएका थिए। त्यसै समय उनीमाथि चक्कु प्रहार भएको थियो।

प्रहरीले उक्त घटनापछि चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना नाबालिग रहेको बताइएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।



छोरीमाथि भएको दुर्व्यवहारविरुद्ध बोल्न जाँदा बुवाको हत्या को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट