PahiloPost

May 26, 2019 | १२ जेठ २०७६


अमेरिकाबाट अष्ट्रेलिया पुगी बलात्कार : फेसबुकको फोटोको आधारमा यसरी पक्रिए फरार बलराम


अमेरिकाबाट अष्ट्रेलिया पुगी बलात्कार : फेसबुकको फोटोको आधारमा यसरी पक्रिए फरार बलराम

अमेरिकाका ग्रीनकार्ड पाएका एक नेपालीले अष्ट्रेलियामा एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ।

२०१७ मा पर्यटक बनी अष्ट्रेलियामा पुगेका ३५ वर्षीय बलराम शिवले आफ्नो एक साथीको फ्ल्याटमा २१ वर्षीया युवतीलाई 'टकिला' खुवाएर बलात्कार गरेको आरोपमा उनलाई अमेरिकी प्रहरीले जनवरीमा पक्राउ गरेको थियो।

अमेरिकाबाट जनवरीमा नेपालका लागि उडन् लागेको बेला न्यूयोर्क प्रहरीले शिवलाई पक्राउ गरेको थियो। पक्राउ गरी उनलाई अष्ट्रेलिया सुपुदर्गी गरिएको थियो। गत आइतबारमात्रै उनलाई सिड्नी ल्याइ बलात्कारको कसुरमा दुई अभियोग र दुर्व्यवहार गरेको आरोपमा पाँच अभियोग लगाएर मुद्दा चलाइएको छ।

जुन २०१७ मा भएको उक्त घटनापछि शिव अमेरिका पुगेका थिए। अमेरिकामा उनी एभिएसन इन्जिनियरका रुपमा कार्यरत थिए।

अस्ट्रेलियाको कार्लटन शहरमा जुन ९ मा शिव आफ्ना साथीको अपार्टमेन्टमा पुगेका थिए। त्यहाँ उनी दुई युवतीसँग बसेका थिए। जुन १३ मा उनले अपार्टमेन्टमा टकिला ल्याएको पीडित महिलाले दायर गरेको मुद्दामा जनाइएको छ।

शिवले कहिलै टकिला नपिएकी पीडित महिलालाई टकिला पिउन राजी गराएको बताइएको छ। टकिला पिएर बेहोस भएकी महिलाले पछि उठ्दा आफूलाई भुइँमा लडिरहेको र शिवले आफूसँग दुर्व्यवहार गरिरेको देखिन्।

युवतीले अस्वीकार गर्दा पनि शिवले भने बारम्बार युवतीलाई बलात्कार गरेको युवतीले रिटमा उल्लेख गरेकी छिन्।

टकिलाको नशाका कारण युवतीले प्रतिरोध गर्न नसकेको मेडिकल रिपोर्टहरुमा उल्लेख गरिएको छ।

पछि उक्त फ्लायटमा पुगेका अर्की युवती र शिवले प्रयोग गरेको फ्ल्याटको साथीले सोध्दा पीडित युवतीले 'शिवले आफूलाई जबरजस्ती गरेको'  बताएकी थिइन्।

उनीहरुलाई सबै बताइसकेपछि युवती फेरि निदाएको र भोलिपल्ट बिहान उठ्दा शिवले फेरी आफूसँग यौन सम्पर्क राख्ने प्रयास गरेको बयान युवतीले दिएकी छिन्।

शिव भने बिहानै उबरको ट्याक्सीबाट एयरपोर्ट गएको र त्यहाँबाट न्यूयोर्क पुगेका थिए।

पीडित महिलले भने घटना भएको भोलिपल्ट नै प्रहरीमा उजुरी दिएकी थिइन्।

शिवले त्यसबीच अमेरिका र नेपाल भ्रमण गरी आफ्नो तस्विर सामाजिक संजालमा राखेका थिए।

तिनै तस्विरका माध्यमबाट पीडित महिलाले शिवलाई पहिचान गरेको बताइएको छ।

शिवले जमानतका लागि दुईपटक निवेदन दिइसकेको तर दुवै पटक उनको निवेदन अदालतबाट अस्विकृत भइसकेको छ।

उनी विरुद्ध लागेको मुद्दाको अर्को सुनुवाई जुन २८ मा हुनेछ।

बलात्कार गरी अमेरिका भागेको आरोपमा शिवलाई पक्राउ गरी अष्ट्रेलिया सुपुर्दगी गरेको थियो। उनलाई न्युयोर्कबाट पक्राउ गरी अष्ट्रेलिया सुपुर्दगी गरिएको हो।

अष्ट्रेलियाली प्रहरीले संघीय पक्राउ पुर्जी जारी गरेपछि अमेरिकामा उनलाई हिरासतमा लिई सुपुर्दगी गरिएको थियो। उनलाई न्युयोर्कमा स्थानीय प्रहरीको सहयोग लिएर लसएन्जल्स पुर्‍याई अष्ट्रेलियन प्रहरीले हिरासतमा लिएको थियो।



अमेरिकाबाट अष्ट्रेलिया पुगी बलात्कार : फेसबुकको फोटोको आधारमा यसरी पक्रिए फरार बलराम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट