PahiloPost

Aug 24, 2019 | ७ भदौ २०७६


हिंसा भड्कने डरले श्रीलंकामा पुन: कर्फ्यु लगाइयो


हिंसा भड्कने डरले श्रीलंकामा पुन: कर्फ्यु लगाइयो
फोटो: REUTERS

कोलम्बो: श्रीलंकाली सरकारले पुन: देशभर कर्फ्यु लगाएको छ।

मुस्लिम विरोधी गतिबिधि चर्किएपछि सोमबार बेलुकीबाट लगाइएको कर्फ्यु उत्तरपूर्वी क्षेत्र बाहेक अरु स्थानमा हटाइएको थियो।

तर, रातपरेसँगै फेरी हिंसाका घटना हुनसक्ने भन्दै फेरि कर्फ्यु लगाइएको बताइएको छ।

इसाइ धर्मावलम्बीहरुले तीन साताअघि इस्टर पर्व मनाइरहँदा श्रीलंकामा चर्च र होटलहरुमा आक्रमण भएको थियो। सो आक्रमणमा २५० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने ५०० जनाभन्दा धेरै घाइते भएका थिए। 

आक्रमणको जिम्मा इस्लामिस्क लडाकू संस्था आइएसआइले लिएपछि मुस्लिम समुदायमाथि आक्रमण भएको थियो।

श्रीलंकाभर प्रदर्शनकारीहरुले मस्जिद र मुसलमानहरुका पसलमा तोडफोड गर्नुका साथै आगो लगाएका थिए। उत्तरपूर्वी क्षेत्रमा प्रदर्शनकारीहरुको आक्रमणका कारण एक जना मुस्लिम समुदायको मृत्यु भएपछि अवस्था निकै तनावपूर्ण बन्दै गएको थियो।  

उत्तरपूर्वी क्षेत्रमा अवस्था अझै तनावपूर्ण रहेको र त्यहाँ धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।

श्रीलंकामा २२ मिलियन जनसंख्यामा करिब १० प्रतिशत मानिस मुस्लिम रहेको छ। श्रीलंकामा सिन्हाली बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको छ



हिंसा भड्कने डरले श्रीलंकामा पुन: कर्फ्यु लगाइयो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट