PahiloPost

May 26, 2019 | १२ जेठ २०७६


अज्ञात समूहद्वारा अछाममा नगरपालिकाको गाडीमा आजगनी


पहिलोपोस्ट

अज्ञात समूहद्वारा अछाममा नगरपालिकाको गाडीमा आजगनी

अछामः अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा गएराति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ।

आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त भएको छ। नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार गाडीमा आगजनी गर्नेको खोजी भइरहेको छ।

स्थानीयवासीले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी गराएका थिए। आगजनी कसले गरेको हो भन्ने यकिन नभएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए।

पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढङ्गले आगजनी गरेको हुनसक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश ढुङ्गानाले बताए।

सोही ठाउँमा पार्किङमा राखिएको टिपरलगायत अन्य सरकारी गाडीलाई केही पनि नगरेको उनले बताए।

नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करिब एक वर्षअघि एक करोड २० लाख रुपैयाँमा खरीद गरेको थियो।

गाडीमा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्कामा प्रहरीले खोजीकार्य तीव्र पारेको छ। रासस



अज्ञात समूहद्वारा अछाममा नगरपालिकाको गाडीमा आजगनी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट