PahiloPost

Aug 24, 2019 | ७ भदौ २०७६


बलिउडमा मिटू: नाना पाटेकरविरुद्ध भेटिएन प्रमाण


पहिलोपोस्ट

बलिउडमा मिटू: नाना पाटेकरविरुद्ध भेटिएन प्रमाण

गत वर्ष बलिउड अभिनेत्री तनुश्री दत्तले आफूमाथि भएको यौन दुर्व्यवहारबारे बोलेपछि भारतको मिटू अभियानले चर्को रुप लियो। उनले पहिलोपटक चर्चित फिल्मकर्मी नाना पाटेकरविरुद्ध आरोप लगाएकी थिइन्। लगत्तै अन्य फिल्मकर्मीहरु गणेश आचार्य, समी सिद्दिकी लगायतमाथि पनि आरोप लाग्यो। सामाजिक सञ्जालदेखि मिडियाहरुमा उनीहरुले दश वर्षअघि फिल्म 'हर्न ओके प्लिज' सुटिङ सेटमा भएको दुर्व्यवहारको खबर छायो।

पुलिसले उक्त समय फिल्‍म युनिटका हरेकसँग बयान लियो। तर, तनुश्रीको आरोप स्वीकार्न कोही पनि तयार भएनन्। पुलिसले आरोपितहरुविरुद्ध कुनैपनि प्रमाण फेला नपरेको बतायो

अभिनेत्री डेजी शाह त्यस समय गणेश आचार्यसँगै कोरियोग्राफरको रुपमा कार्यरत् थिइन्। उनले आफूमाथि पनि यौन दुर्व्यवहार भएको भन्दै उजुरी दिएकी थिइन्। तर, पुलिसले तनुश्री र शाहको बयान नमिलेको जनायो। तनुश्रीले प्रत्यक्षदर्शीहरु पाटेकरको साथी हुनु र डराउनुका कारण सत्य बोल्न डराएको बताएकी छिन्। भनिन्,'तर म अन्यायको विरुद्ध लडिरहन्छु। इन्डस्ट्रीमा शक्तिको दुरुपयोग गर्नेहरुलाई छाड्नु हुँदैन।'

 

 



बलिउडमा मिटू: नाना पाटेकरविरुद्ध भेटिएन प्रमाण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट