PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोहलीले खोले रिसब पन्त छोडेर दिनेश कार्तिक छानिनुको रहस्य



पहिलोपोस्ट

कोहलीले खोले रिसब पन्त छोडेर दिनेश कार्तिक छानिनुको रहस्य

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई एकदिवसीय विश्वकप खेल्ने भारतको टिममा समावेश गर्नुको रहस्य खोलेका छन्।

यही मे ३० बाट इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा सुरु हुने १२औँ संस्कणरको विश्वकपको लागि विराटको कप्तानीमा भारतको १५ सदस्यीय टोली घोषणा भइसकेको छ।

कार्तिकको अनुभव र खेलको दबाब झेल्न सक्ने क्षमताको कारण उनलाई रिसब पन्तभन्दा अगाडि राख्दै टिममा राखिएको विराटले बताए।

टिममा महेन्द्र सिंह धोनी मुख्य विकेटकिपरको रुपमा छन्। थप विकेटकिपरको रुपमा कार्तिक वा पन्त कसलाई राख्ने भन्नेबारे बहस भएपछि छनौट समितिले कार्तिकलाई चयन गरेको थियो।

'दबाबको समयमा उनले धैर्यता देखाउँछन्,' कार्तिकको बारेमा कोहलीले टाइम्स अफ इन्डियासँग भनेका छन्, 'यो विषयमा बोर्डको सबै सहमत भएका छन्।'

'उनीसँगै अनुभव छ। यदि धोनी खेल्न नसक्ने अवस्था आएमा कार्तिक विकेट पछाडि अमुल्य हुन सक्छन्। फिनिसरको रुपमा उनले राम्रो गरिरहेका छन्।'

कार्तिकले सन् २००४ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। उनले भारतका लागि ९१ एकदिवसीय खेल खेलेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell