PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पञ्जावसँग बराबरीपछि मनाङको यात्रा कठिन, प्रशिक्षक लोप्साङ भन्छन् : योजना अनुसार खेल्न सकेनौँ



गोविन्दराज नेपाल

पञ्जावसँग बराबरीपछि मनाङको यात्रा कठिन, प्रशिक्षक लोप्साङ भन्छन् : योजना अनुसार खेल्न सकेनौँ
PHOTO : ANFA

काठमाडौं : एएफसी कप २०१९ अन्तर्गत समूह इ को चौथो खेलमा मिनेर्भा पञ्जावसँग बराबरीमा रोकिएपछि नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दीको अघिल्लो चरण पुग्ने सम्भावना कठिन बनेको छ। पहिलो पटक यो स्तरको प्रतियोगिता खेलिरहेको मनाङले चार खेल खेल्दा अहिलेसम्म जित हात पार्न सकेको छैन।

घरेलु मैदानमा दोस्रो पटक खेलेको मनाङले भारतीय आइ-लिग च्याम्पियन मिनेर्भासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो। पञ्जावले दोस्रो हाफमा एक खेलाडी कम भएर खेल्दा समेत मनाङले त्यसको फाइदा उठाउन सकेन।

यस अघि भारतमा भएको खेलमा पनि मनाङ र पञ्जावले बराबरी खेल्दै अंक बाँडेको थियो। यस बराबरीपछि लिगमा अब २ खेल मात्र बाँकी रहँदा समूहको शीर्ष स्थानमा रहेर अर्को चरण पुग्ने मनाङको सम्भावना लगभग सकिएको छ।

भारतीय क्लब चेन्नायी एफसी ७ अंकसहित समूह्य इ मा शीर्ष स्थानमा छ र आजै बंगलादेशको अबहानी लिमिटेडसँग खेल्दैछ। मनाङको भने ४ खेलबाट २ अंक छ र अंकतालिकाको पूछारमा छ।

लगातार दोस्रो बराबरीपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले अब अर्को चरण पुग्ने सम्भावना कठिन भएको स्वीकारे। 'अब हली गाह्रो भएको छ। आजको खेलपछि दुवै टिमलाई गाह्रो छ। हाझै हुने अर्को म्याचको नतिजाले पनि असर गर्छ।' लोप्साङले भने।

उता लगातार चौथो खेल बराबरीपछि मिनेर्भाका प्रशिक्षक सचिन बडाढेले भने खेलाडीले राम्रो प्ररद्शन गरेको प्रतिक्रिया दिए।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्टो टर्फमा भएको खेलमा भारतीय क्लबले सुरुवात देखि नै घरेलु टोली मनाङलाई दबाबमा राखेको थियो। आठौँ मिनेटमा लालमुएनपुइया सामुएलले डि एरिया बाहिरबाट गरेको प्रहार बारमा लागेर पर्किएको थियो।

त्यसको चार मिनेटपछि युवा खेलाडी तोइवा सिंहलेको पनि उस्तै प्रहार बारमा लागेर पर्कँदा मनाङ जोगिएको थियो। घरेलु मैदानमा दोस्रो पटक खेलिरहेको मनाङले मुभ बनाउन नसक्दा ३९औँ मिनेटमा मिनेर्भा पञ्जावले अग्रता लियो। ३९औँ मिनेटमा रोवर्ट प्रिमसको क्रस मनाङका गोलकिपर विशाल श्रेष्ठले पूर्ण रुपमा क्लियर गर्न नसक्दा तोइबा सिंहले गोल गरेका थिए।

अग्रता लिएलगत्तै पञ्जावका श्रेयाष गोपालनको प्रहार विशालले बिफल पारेका थिए। पहिलो हाफको इन्जुरी टाइमको अन्त्यमा एडालेजालाई फल गरेपछि पञ्जावका प्रतिक जोशीले रेड (डबल येल्लो) कार्ड पाए। त्यसअघि उनले ४१औँ मिनेटमा पहेँलो कार्ड पाएका थिए।

दोस्रो हाफमा पञ्जावले १० खेलाडीमा झरेर खेल्दा पनि मनाङमाथि दाबाव कायम राखिराखेको थियो। उता मनाङले भने सोचेअनुसार खेल्न नसक्दा बराबरी गर्न ८१मिनेटसम्म कुर्नुपर्‍यो।

८१औँ मिनेटमा अन्जन विष्टको लामो प्रहारमा साइद अजिजले पोष्ट नजिकैबाट गोल मनाङको लागि बराबरी गोल फर्काए। ८९औँ मिनेटमा पञ्जावले गोल गरेपनि रेफ्रीले अपसाइड दिएपछि अग्रता लिनबाट चुकेको थियो।

'मनाङका प्रशिक्षक लोप्साङले सोचेअनुसार खेल्न नसक्दा निता आफ्नो पक्षमा ल्याउन नसकेको बताए। आज मनाङको खेलाडीले जुन गेम खेल्नुपर्ने हो त्यो खेल्न सकेन। पञ्जावले राम्रो खेल्यो।' खेलपछि लोप्साङले भने।

'अन्तिम १०-१५ मिनेट मात्र मनाङले राम्रो खेल्यो। योजना अनुसार खेल्न सकेनौँ। ट्रेनिङमा जुन तयारी गरेका थियौँ। योजना बनाएका थियौँ। त्यो लागु भएन र नतिजा आएन।'

'हामीसँग मिडफिल्डमा बल हुँदा ३ जना अट्याकर हुनुपर्नेमा त्यसो हुन सकेन र दबाब दिन सकेनौँ।' लोप्साङले रणनीति सफल हुन नसक्नुबारे भने।

पञ्जावका प्रशिक्षक सचिनले एक खेलाडी कम भएर पनि आफ्नो टिमले राम्रो खेर्लेको भन्दै खुशी व्यक्त गरे। 'मेरो खेलाडीबाट धेरै प्राउड छु। ११ खेलाडी विरुद्ध १० खेलाडीमा रहेर खेल्नस गाह्रो हुन्छ। खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। पहिलो गोल राम्रो थियो।' उनले १७ वर्षीय युवा गोलकर्ता तोइबाको समेत प्रशंसा गरे।

यस्तै मनाङका कप्तान विराज महर्जनले पनि आजले राम्रो खेल्न नसकेको स्वीकार गरे। 'हामीले शतप्रतिशत खेल्न सकेनौँ। आफ्नै मिस पासहरुले गर्दा पछि पर्‍यौँ र खेलाडीहरुबीच अन्डरस्ट्यान्डिङ हुन सकेन।'

तर पञ्जावका प्रशिक्षक सचिनले रेड कार्ड र अफसाइड गोल नदिनु रेफ्रीको निर्णय विरुद्ध भने असन्तुष्टी जनाए। 'त्यो रेड कार्ड थिएन। रेफ्रीले पैसा खाएर खेल खेलाएजस्तो भयो। हाम्रो दोस्रो गोल पनि अफसाइड थिएन। रेफ्रीले बुझ्नुपर्ने हो।' प्रशिक्षक सचिनले रेफ्रीको निर्णय विरुद्ध एएफसीमा कम्प्लेन समेत गर्ने बताए।

यस्तै पञ्जावको गोलका असिस्ट गरेका रोवर्ट अल्फ्रेड प्रिमसले पनि जित्नको लागि खेलेको खेलमा रेफ्रीले गलत निर्ण लिएको प्रतिक्रिया दिए।

'हाम्रो लागि यो डु अर डाई म्याच थियो। हामीले सबै इफोर्ट लगाएर खेलेका थियदँ। अन्तिमसम्म फाइट गर्‍यौँ। तर रेफ्रीको निर्णय खराब थियो।' प्रिमसले भने। 'दोस्रो गोलक्लियर गोल थियो। न्याय भएन। इट वाज ब्याड रेफ्रीङ।'

आजको बराबरीपछि मनाङले २ अंक जोडेको छ। ४ खेलबाट २ हार र २ बराबरीपछि २ अंकसहित मनाङ अंकतालिकामा पूछारमा छ। यस्तै लगातार चौथो बराबरी खेलेको पञ्जाव ४ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ। यसअघि ३ खेल खेलेको चेन्नायीन एफसी दुई जित र एक बराबरीसहित ७ अंक जोडेर समूह इ मा शीर्ष स्थानमा छ र आजै अबहानी लिमिटेडसँग खेल्दैछ। अबहानीको ३ खेलबाट ४ अंङ्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell