PahiloPost

Aug 24, 2019 | ७ भदौ २०७६


सगरमाथा आरोही बन्दै आलिया भट्ट


पहिलोपोस्ट

सगरमाथा आरोही बन्दै आलिया भट्ट

बलिउड नायिका आलिया भट्टले अरुणीमा सिन्हाको जीवनीमा आधारित बायोपिकमा मुख्य भूमिका निर्वाह गर्ने भएकी छिन्। सिन्हा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो अपाङ्गता भएकी महिला हुन्।

राष्ट्रिय भलिबल खेलाडी रहेकी सिन्हालाई सन् २०११ मा केही व्यक्तिहरूले रेलवे ट्रयाकमा धलेकिदिएपछि उनले आफ्नो खुट्टा गुमाएकी थिइन्। उक्त घटनालाई उनले कमजोरी बन्न दिइनन्। सन् २०१२ मा सिन्हाले सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

यसअघि फिल्ममा कंगना रनावतले अभिनय गर्ने बताइएको थियो। कंगना र आलियाबीच वाकयुद्ध चलिरहेको बेला आलियाले कंगनालाई रिप्लेस गरेकी हुन्।

आलियाले यस फिल्मका लागि स्वीकृति दिइसकेको बुझिएको छ।

सिन्हाको सगरमाथा आरोहणसम्बन्धी लेखिएको 'बर्न अगेन अन द माउन्टेन: अ स्टोरी अफ लुजिङ एभ्रिथिङ एन्ड फाइन्डिङ इट ब्याक' नामक किताबमा आधारित भएर फिल्म निर्माण हुनेछ।  

आलिया हाल अरू प्रोजेक्टमा काम गरिरहेकीले २०२० मा मात्रै यो फिल्मको सुटिङ सुरु हुन बताइएको छ। यसको निर्माण धर्मा प्रोडक्सन्स र डर मोसन पिक्चर्सले गर्नेछन्।

निर्माण टिमले फिल्मको सुटिङ सगरमाथा क्षेत्रकै वास्तविक स्थानहरूमा गर्ने तयारी गरिरहेको छ।



सगरमाथा आरोही बन्दै आलिया भट्ट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट