PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रिमियर गल्फ : डिफेण्डिङ च्याम्पियनलाई पछि पार्दै शुक्र बने च्याम्पियन, हेर्नुस फोटोमा

प्रिमियर गल्फ : डिफेण्डिङ च्याम्पियनलाई पछि पार्दै शुक्र बने च्याम्पियन, हेर्नुस फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एम्याचोर खेलाडी शुक्र राईले सूर्य नेपाल गल्फ टूर अन्तर्गत वर्षको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनससिपको उपाधि जितेका छन्।

पार-७२ गोकर्ण क्लब गल्फमा चार दिन सम्म चलेको प्रतियोगितामा शुक्रले डिफेन्डिङ च्याम्पियन समेत रहेका प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पराजित गरे। उनी एकै वर्ष दुई वटा मेजर गल्फ टुर्नामेन्ट जित्ने पहिलो एम्याचोर बने। उनले २०१८ डिसेम्वरमा सूर्य नेपाल इस्टर्नको अवार्ड समेत जितेका थिए।

शुक्रले एम्याचोर र समग्रतर्फ दुवैको अवार्ड जिते।

शुक्रले ११ अन्डर २७७ अंक स्कोर गरे। भुवन र अर्का एम्याचोर खेलाडी सुवास तामाङले कडा टक्कर दिएपनि अन्तिमसम्म उत्कृष्ट लयलाई कायम राख्दे शुक्रले उपाधि जितेका हुन्।

शुक्रले दुई वटै ट्रफी आफ्नो पक्षमा पारेपनि नगद रकम भने प्रो तर्फ पहिलो भएका भुवन नगरकोटीले पाए। एम्याचोर खेलाडीले पहिलो भएपनिन गद नपाउने भएका कारण भुवनले २ लाख ३० हजारको चेक प्राप्त गरे। 



ट्रेन्डिङ पोस्ट

Ncell