ट्विटडेकबाट ट्विटर चलाउने प्रयोगकर्ताहरुले अब ट्विटडेकमा पनि पोल, इमोजी र जिआइएफसहित ट्विट गर्न पाउने भएका छन्। ट्विटरले हिजोबाट ट्विटडेकमा यी सुविधा थपेको हो।
यसअघि ट्विटडेकबाट ट्विटर चलाउँदा पोलको सुविधा थिएन। ट्विटडेकमा पोल, इमोजी र जिआइएफ देखिएपनि ट्विटरको एप र डेस्कटप भर्सनमा मात्र यो सुविधा उपलब्ध थियो। ट्विटडेकबाट ट्विट गर्दा इमोजीको प्रयोग गर्नुपरे डेस्कटपबाट कपी गरेर ल्याउनु पर्ने वाध्यता थियो।
Guess what? You're in luck! As of today we're testing a new way of Tweeting, now with the ability to add GIFs, threads, polls, emoji AND image tagging via TweetDeck 🎉🙌🎊
— TweetDeck (@TweetDeck) May 16, 2019
सन् २०१७ बाट ट्विटरले ट्विटमा पोलको सुविधा थपेको थियो। तर ट्विटडेक प्रयोगकर्ताका लागि यो सुविधा उपलब्ध थिएन। कुनै बिषयमा पोल गर्नुपरे प्रयोगकर्ताले या त एप या त डेस्कटप भर्सनबाट ट्विट गर्नुपर्थ्यो। जिआइएफको प्रयोगका लागि पनि डेस्कटपबाट कपी गर्नुपर्ने वाध्यता थियो।
योसँगै ट्विटरको डेस्कटप भर्सनमा जस्तै ट्विटडेकमा थ्रेड पनि जोडिने भएको छ।