PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु



सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

लहान: पूर्वपश्चिम राजमार्गअन्तर्गत सिराहाको धनगढीमाई नगरपालिकास्थित सडकमा गए राति सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परि एकजना गम्भीर घाइते भएका छन्।
 
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प ९६३६ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–४ निवासी २५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
 
दुर्घटनामा गम्भीर घाइते चालक चौधरीलाई तत्कालै उपचारका लागि श्रमजीवी अस्पतालमा भर्ना गरिएकामा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ। सोही दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा पछाडि सवार सर्लाहीको लालबन्दी नगरपालिका–४ निवासी विक्रमकुमार चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।- रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell