PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लोप्साङ छुडेनको 'गैरी खेतको शिरैमा' सार्वजनिक



पहिलोपोस्ट

लोप्साङ छुडेनको 'गैरी खेतको शिरैमा' सार्वजनिक

काठमाडौं: बाल गायिका लोप्साङ छुडेन शेर्पाको नयाँ गीत सार्वजनिक भएको छ। 'गैरी खेतको शिरैमा' बोलको गीत युट्युब रिलिज भएको हो। एल्बम 'इट्स माइ ड्रीम भोल्युम २'मा समावेश छ।

गीतमा संगीतकर्मी बुद्ध राईले शब्द तथा संगीत दिएका छन्। सबिन लिम्बुले गीतलाई एरेन्ज गरेका हुन्।

गीतको भिडियोमा गायिका लोप्साङ स्वयं फिचर्ड छिन्। भिडियोलाई डिबी राईले निर्देशन गरेका हुन् भने विरेन्द्र भट्टको छायाङ्कन छ। अनिल रानाले भिडियो सम्पादन गरेका हुन्।

लोप्साङको यसअघि सन् २०१६ मा 'इट्स माइ ड्रीम'को पहिलो संस्करण सार्वजनिक थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell