PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

नारायणगढ-मुग्लिन सडकखण्डमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका -८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन्।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले भरतपुर महानगरपालिका -२९ केराबारीमा ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट घाइते खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell