PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इजिप्टको गीजा क्षेत्रमा विस्फोट, २८ पर्यटक घाइते



इजिप्टको गीजा क्षेत्रमा विस्फोट, २८ पर्यटक घाइते
फोटो: AFP

कायरो: इजिप्टको प्रख्यात गीजा पिरामिड क्षेत्रमा एक पर्यटक बसमा  विस्फोट  भएको छ।

पर्यटकहरुलाई लक्षित गर्दै भएको विस्फोटमा बसमा रहेका पर्यटकहरु घाइते हुनुका साथै र गुडिरहेका कारहरुमा क्षति पुगेको बताइएको छ।

विस्फोटमा २८ जना दक्षिण अफ्रिकी नागरिक घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले बताएका छन्।

गत डिसेम्बरमा गीजा क्षेत्रमा तीन भियटनामी नागरिक र एक इजिप्सियन गाइडको बम विस्फोटका कारण मृत्यु भएको थियो।

इजिप्टमा केही महिनामा नै अफ्रिकन कप अफ नेशन्स आयोजना हुँदैछ। यस प्रकारका घटनाले सो खेलमा समेत असर पर्न सक्ने चेतावनी दिइएको छ।

अधिकारीहरुले विस्फोटको घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell