PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

५० लाख पाए प्रम ओलीलाई नै मार्ने कमेन्ट गर्दा समातिए लालबहादुर



पहिलोपोस्ट

५० लाख पाए प्रम ओलीलाई नै मार्ने कमेन्ट गर्दा समातिए लालबहादुर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीलले सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका वडा नम्बर २ घर भएका लालबहादुर तामाङलाई सोमबार नियन्त्रणमा लिएको हो।

'नेपाली खबर अनलाइन'मा ‘पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छु' भन्ने शीर्षकमा प्रकाशित समाचारको कमेन्टमा प्रधानमन्त्रीलाई मार्ने धम्की दिँदै तामाङले प्रतिक्रिया जनाएका थिए। उनले कमेन्टमा ५० लाख पाए मार्ने उल्लेख गरेका थिए।

‘भारतमा मोदीलाई मार्ने समाचार देखेपछि उसले पनि आवेगमा आएर लेखेको देखियो,' महानगरीय अपराध महशाखाका एसपी केदार ढकालले बताए।

भारतमा केही समय अगाडि भाइरल भएको एक भिडियोमा बीएसएफका एक जवानले पचास करोड पाए मोदीको हत्या गर्ने बताएका थिए।

त्यसको सिको गर्दै तामाङले सलिम योन्जन तामाङको फेसबुक आइडीबाट कमेन्ट गरेको प्रहरीको दावी छ। उनलाई बानेश्वरबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाही सुरु गरेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell