PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रेमिका गैब्रिएलासँग माल्दिभ्स पुगे अर्जुन रामपाल



प्रेमिका गैब्रिएलासँग माल्दिभ्स पुगे अर्जुन रामपाल

बलिउड अभिनेता अर्जुन रामपाल यति बेला आफ्नो फिल्मी करियरभन्दा पनि आफनो व्यक्तिगत जीवनमा रमाइरहेका छन्। हालै उनी प्रेमिका गैब्रिएलाको साथमा विदा मनाउन माल्दिभ्स पुगेका छन्।

माल्दिभ्सको एन्जाटिक बीचमा रमाउँदै गरेको तस्विर अर्जुन र गैब्रिएला दुबैले आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेका छन्।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

When you wake up to this, you know you are blessed. #Maldives #anantaraveli #thelife

A post shared by Arjun (@rampal72) on

गैब्रिएला विवाह अघि नै गर्भवती भएकी छिन्। केही महिना अघि अर्जुनले इन्स्टाग्रामबाट तस्विर सार्वजनिक गर्दै गैब्रिएला गर्भवती भएको खुलासा गरेका थिए। 

उनीहरुको पहिलो भेट २००८ सालमा आईपीएलको पार्टीमा भएको थियो। भेट भएको केही वर्षपछि अर्जुन र गैब्रिएलाले एकअर्कालाई डेट गर्न सुरु गरेका थिए। अहिले उनीहरु प्रेम सम्बन्धमा छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell