PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

युक्रेनको नयाँ राष्ट्रपतिमा जेलेनस्कीको सपथ, सरकारी कार्यालयमा कर्मचारीको छोराछोरीको तस्विर राख्न निर्देशन



युक्रेनको नयाँ राष्ट्रपतिमा जेलेनस्कीको सपथ, सरकारी कार्यालयमा कर्मचारीको छोराछोरीको तस्विर राख्न निर्देशन
फोटो: Gleb Garanich/Reuters

हास्य कलाकार भोलोडिमायर जेलेनस्कीले युक्रेनको राष्ट्रपतिका रुपमा सपथ लिएका छन्।

अप्रिल २२ मा निवर्तमान राष्ट्रपति पेट्रो पोरोसेनकोलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका जेलेनस्कीले आज सपथ लिएका हुन्।

टेलिभिजनमा राष्ट्रपतिको भूमिकामा अभिनय गर्दै आएका जेलेनस्की निर्वाचनबाटै राष्ट्रपति नै बन्न सफल भएका हुन्।

राष्ट्रपतिका रुपमा सपथ लिए लगत्तै उनले संसद विघटन गर्दै दुई महिना भित्र नयाँ निर्वाचन गराउने घोषणा गरेका छन्। राष्ट्रपति निर्वाचनका क्रममा गरेको वाचा अनुसार उनले संसद विघटन गर्ने निर्णय गरेको बताइएको छ।

यद्यपि संसद विघटन गर्ने निर्णयलाई सांसदहरुले चुनौती दिन सक्ने बुझिएको छ। संसद विघटन गर्न राष्ट्रपतिले सांसदहरुसँग छलफल गरेर कानून जारी गर्नुपर्छ।

सपथ कार्यक्रममा बोल्दै जेलेनस्कीले रोनाल्ड रेगनले भनेझै भने, 'विद्यमान समस्याहरुको समाधान सरकार होइन। वास्तवमा सरकार नै समस्या हो' बताए।

जेलेनस्कीले सरकारमा रहेका मन्त्रीहरुले परिवर्तनका लागि काम गर्न नसके राजीनामा दिन समेत आग्रह गरेका छन्। सम्बोधन गर्दै उनले आफ्नो फोटो सरकारी कार्यालयहरुमा नराख्न समेत निर्देशन दिएका छन्।

उनले भने,' कुनै पनि कार्यालयमा म मेरो तस्विर राखेको देख्न चाहन्न। राष्ट्रपति पुजनिय व्यक्ति होइन। कार्यालयमा आफ्नो छोराछोरीको तस्विर राख्नु। कुनै निर्णय लिनु अघि उनीहरुलाई हेरेर फैसला लिनु।'

सपथ कार्यक्रमामा पहिलाको राष्ट्रपतिहरुको भन्दा फरक तरिकाले प्रस्तुत भएका जेलेनस्की केभ करिन्सकी पार्कबाट हिँडेरै सपथ स्थलमा पुगेका थिए। सानो सुरक्षा टोलीसँग देखा परेका उनी बाटोमा बसिरहेका मानिसहरुसँग सेल्फी खिच्दै सपथ लिन पुगेका थिए।

जीवनभर युक्रेनी जनतालाई हसाउँदै आएको बताउँदै उनले अब युक्रेनीहरुलाई रुनबाट रोक्न आफूले प्रयास गर्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell