PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विश्वमा समुद्री सतह बढेसँगै करोडौं मानिस विस्थापति हुने खतरा



विश्वमा समुद्री सतह बढेसँगै करोडौं मानिस विस्थापति हुने खतरा
फोटो : JONATHAN BAMBER

ग्रीनल्यान्ड तथा एन्टार्टिकामा हिउँ पग्लिने क्रम तीव्र रुपमा बढिरहेकोले विश्वको समुद्र सतह पहिला भन्दा निकै बढ्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्।

सन् २१०० सम्ममा समुद्र सतह दुई मिटरले माथि सर्ने नयाँ अध्ययनले देखाएको बीबीसीले उल्लेख गरेको छ। यसअघि समुद्र सतह बढीमा एक मिटरले माथि सर्ने अनुमान गरिएको थियो। 

भर्खरै प्रकाशित अध्ययन प्रतिवेदनका अनुसार समुद्र सतह बढेसँगै करोडौँ मानिस विस्थापित हुने चेतावनी दिएका छन्। विशेषगरी टापु र समुद्र किनार नजिकै वस्ने मानिसहरु बढी प्रभावित हुने अध्ययनले देखाएको छ।

केही समयअघि इन्डोनेसियाले आफ्नो राजधानी जकार्ताबाट अन्तै सार्ने तयारी गरिरहेको घोषणा गरेको थियो। जकार्ता शहर विस्तारै डुबिरहेको र २०५० सम्म धेरै भूभाग डुब्ने खतरा रहेको भन्दै अहिले नै राजधानी सार्ने योजना अघि सारिएको हो। जकर्ताका धेरै भाग समुन्द्री सतहभन्दा तल पुगि सकेको बताइएको छ।

जकार्तामा जमिनमुनीबाट अत्याधिक मात्रामा पानी तान्ने गरिएकाले यो शहर विश्वमै छिटो डुबिरहेको शहरमा पर्छ। त्यसैले त्यहाँ अत्याधिक बाढी पहिरोसमेत जाने गरेको छ।

अध्ययनकर्ताहरुका अनुसार विश्वमा तापमान दुई डिग्री सेल्सियसभन्दा बढी वृद्धि हुनासाथ समुद्र सहत पहिला अनुमान गरिएको भन्दा दोब्बर वृद्धि हुने भएको हो।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell