PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘दासढुंगा’ हत्या हो कि दुर्घटना ? फिल्मको दोस्रो सिरिजले चिरफार गर्नेछ: निर्माता विष्ट



 ‘दासढुंगा’ हत्या हो कि दुर्घटना ? फिल्मको दोस्रो सिरिजले चिरफार गर्नेछ: निर्माता विष्ट

काठमाडौं : फिल्म ‘दासढुंगा’ को दोस्रो सिरिज निर्माण हुने भएको छ। सन् २०१० मा मनोज पण्डितले फिल्म ‘दासढुंगा’ निर्देशन गरेका थिए।

‘दासढुंगा’ नेपाल कम्युनिष्ट पार्टी, एमालेका तत्कालिन महासचिव मदन भण्डारीको मृत्युमा आधारित भएर निर्माण गरिएको थियो।

अब बन्ने फिल्ममा दासढुंगा काण्ड पछि त्यसले प्रत्यक्ष असर पारेका क्षेत्रको कथालाई उठाउने बताईएको छ। जसको लागि अनुसन्धान भैरहेको निर्माता अपिल विष्टले बताएका छन्। सोमबार सिनेमाको पोस्टर पनि सार्वजनिक गरिएको थियो। फिल्ममा राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दुर्घटनालाई फिल्मले केलाउने प्रष्ट्याइएको छ।

यो दोस्रो सिरिजले ‘दासढुंगा’ हत्या हो कि दुर्घटना हो भन्ने प्रश्नको चिरफार गर्ने पनि निर्माता विष्टले बताए।

फिल्म निर्माणको घोषणा गरेपनि फिल्ममा अभिनय गर्ने नायक नायिकाहरुको  चयन भएको छैन। हप्ता दिनमै फिल्मको कास्ट फाइनल हुने निर्माता विष्टले बताएका छन्। फिल्ममा पहिलो दासढुंगाकै कलाकार हुनेछन् भने केहि नयाँ कलाकारको इन्ट्री हुने बताइएको छ।

फिल्ममा कुमार भट्टराईको लेखन तथा निर्देशन रहनेछ। कुशल पाण्डे निर्माता रहने यस फिल्ममा दीपक ओली र प्रकाश केसी कार्यकारी निर्माता रहनेछन्। प्रदीप आचार्य यो फिल्मको सहनिर्माता रहेका छन् ।

फिल्म दासढुंगाको पहिलो सिरिजमा सौगात मल्ल,अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राई, विश्व बस्नेत, बिएस राणा, रामशरण पाठक, डा. केपी भण्डारी लगायतका कलाकारहरुले अभिनय गरेका थिए ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell