PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जेनेभामा उपप्रधानमन्त्री यादव: चिनियाँ स्वास्थ्यमन्त्रीसँग भेट



पहिलोपोस्ट

जेनेभामा उपप्रधानमन्त्री यादव: चिनियाँ स्वास्थ्यमन्त्रीसँग भेट

काठमाडौं : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आगामी दुई वर्षभित्र रुवेला नियन्त्रण गर्ने लक्ष्यमा अगाडि बढेको बताएका छन्। विश्व स्वास्थ्य संगठनको ७२ औँ सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

'युनिभर्सल हेल्थ कभरेज: लिभिङ नो वान ब्लाइन्ड' भन्ने नाराकासाथ सुरु भएको सम्मेलनमा उप्रधानमन्त्री यादवले अघिल्लो वर्ष मात्र नेपालले ट्रकोमा उन्मुलन गरेको बताए। उनले नेपाल दिगो विकास लक्ष्यका स्वास्थ्यसँग सम्न्धित लक्ष्य हासिल गर्न लागि परेकोसमेत बताए।

विश्वका १ सय ९४ देशका स्वास्थ्यमन्त्रीहरुको सभामा बोल्दै उपप्रधानमन्त्री यादवले नेपाल जस्ता अतिकम विकसित मुलुकहरुले स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्य प्राप्तका लागि औषधीहरुको मूल्य घटाउँदै स्वास्थ्य ऐजेण्डाहरुलाई मूलधारमा ल्याउनुपर्ने बताए। उनले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्तिको अवसरलाई बढाउनुपर्नेसमेत बताए। स्वास्थ्यका क्षेत्रमा विश्वव्यापी साझेदारीको आवश्यकता रहेको उनको भनाइ थियो।

चिनियाँ मन्त्रीसँग भेट

यसैबीच उपप्रधानमन्त्री यादवसँग चीनका राष्ट्रिया स्वास्थ्य आयोगका मन्त्री मा स्याओवेइले भेट गरेका छन्। जेनेभा सम्मेलनको साइडलाईनमा भएको द्विपक्षीय वार्ताका क्रममा दुई देशबीचको सम्बन्धको विषयमा छलफल भएको थियो।

वार्तामा दुई देशबीच स्वास्थ्य क्षेत्रमा साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै उपप्रधानमन्त्री यादवले नेपालसहित ८ वटा देशले आयोजना गरेको महिला बालबालिका र किशोरीहरुको स्वास्थ्य सम्बन्धी कार्यक्रममा सम्बोधन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell