PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पाँचथर घटनाबारे पर्यटन छायामन्त्रीले मागे गृहमन्त्रीको जवाफ 



पाँचथर घटनाबारे पर्यटन छायामन्त्रीले मागे गृहमन्त्रीको जवाफ 

काठमाडौँ: प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा नेपाली कांग्रेसकी नेतासमेत रहेकी सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।
 
उनले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गरे। पाँचथरमा सोमबार राति भएको सो घटनामा अपरिचित समूहले दुई परिवारका नौ जनाको हत्या गरेको थियो। अर्का कांग्रेस सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने बताए। कँडेल कांग्रेसले सोमबार गठन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संयोजक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell