PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इन्डोनेसियाको राष्ट्रपतिमा विडोडो पुनः निर्वाचित भएपछि विरोध प्रदर्शन, प्रहरीसँग मुठभेड हुँदा ६ जनाको मृत्यु



इन्डोनेसियाको राष्ट्रपतिमा विडोडो पुनः निर्वाचित भएपछि विरोध प्रदर्शन, प्रहरीसँग मुठभेड हुँदा ६ जनाको मृत्यु
फोटो: REUTERS

जकार्ता: इन्डोनेसियामा जोको विडोडो पुनः राष्ट्रपति पदमा निर्वाचित  भएको घोषणा भएसँगै राजधानी जकार्ता लगायत अन्य शहरमा प्रदर्शन भएको छ।

प्रहरीसँग भएको झडपमा ६ जना प्रदर्शनकारीको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन्। प्रदर्शनका क्रममा २०० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।

विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश मानिएको इन्डोनेसियामा कडा सुरक्षाबीच मंगलवार निर्वाचन परिणाम घोषणा गरिएको थियो। त्यस लगत्तै विपक्षीहरुले आन्दोलन सुरु गरेका थिए। प्रहरीले हिंसा फैलाएको आरोपमा २० जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।

वर्तमान राष्ट्रपति विडोडो ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका थिए।

निर्वाचन आयोगले विडोडोलाई राष्ट्रपति घोषणा गरेपनि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेको थिएनन्। सुविआन्तोले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन्। उनले ५ वटा प्रान्तमा धाँधली भन्दै पुन: निर्वाचनको माग गरेका थिए।

तर, निर्वाचन आयोगले भने कुनै प्रकारको धाँधली नभएको भन्दै सुविआन्तोको माग खारेज गरिदिएको थियो।

अवस्था थप बिग्रिन नदिन जकार्तामा मात्रै ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell