PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विश्वकप क्रिकेट विशेष : अष्ट्रेलिया सर्वाधिक ५ पटकको च्याम्पियन, ३ पटक फाइनल पुग्दा पनि इंग्ल्याण्ड उपाधिविहिन



पहिलोपोस्ट

विश्वकप क्रिकेट विशेष : अष्ट्रेलिया सर्वाधिक ५ पटकको च्याम्पियन, ३ पटक फाइनल पुग्दा पनि इंग्ल्याण्ड उपाधिविहिन

विश्व क्रिकेटको प्रतिक्षित र सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको आइसीसी क्रिकेट विश्वकपको १२औँ संस्करण यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा हुँदैछ।

विश्वकप सुरु हुनएक साता मात्र बाँकी रहँदा अहिले क्रिकेट खेलाडी देखि दर्शक र समर्थकको ध्यान त्यतैतिर पुगेको छ।

१२औँ संस्करणको विश्वकपमा विश्वका उत्कृष्ट १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। यस पटक सिंगल राउण्ड रोविन मा सहभागि सबै टोलीले एकआपसमा खेल्नेछन् र शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्।

सहभागी टोलीले अहिले विश्वकपमा लागि अन्तिम टोली घोषणा गरिरहेका छन्। यही मे २३ सम्म सबै टोलीले अन्तिम नामावली आइसीसीलाई बुझानउपर्नेछ।

सन् १९९५ देखि सुरु भएको क्रिकेट विश्वकपसँग इंग्ल्याण्ड नाम विशेष रुपमा जोडिँदै आएको छ। पहिलो संस्करण देखि तेस्रो संस्करणसम्म इग्ल्याण्डले एकल रुपमा विश्वकप आयोजना गरेको थियो। अहिले पाँचौ पटक आयोजना गर्न तयार छ इंग्ल्याण्ड। अनी तीन पटक फाइनल समेत खेलेको इंग्ल्याण्डले उपाधि भने जित्न सकेको छैन।

सन् १९७५ र १९७९ को सुरुको दुई संस्करण वेष्ट इन्डिजले जितेको थियो। क्रिकेट विश्वकपको उपाधि सबैभन्दा धेरै पटक अष्ट्रेलियाले जितेको छ। सन् १९८७ मा पहिलो पटक च्याम्पियन बनेको अष्ट्रेलियाले १९९९ देखि २००९ सम्म लगातार तीन पटक उपाधि जित्दै ह्याट्रिक गरेको थियो। यस्तै पछिल्लो संस्करण पनि अष्ट्रेलियाले जितेको थियो।

अष्ट्रेलिया र वेष्ट इन्डिज बाहेक एकभन्दा धेरै विश्वकप जित्नेमा भारत छ। भारतले १९८३ र २०११ मा उपाधि जितेको थियो। यी तीन बाहेक पाकिस्तान र श्रीलंकाले एक-एक पटक उपाधि जितेको छ। पाकिस्तान सन् १९९२ र श्रीलंका सन् १९९६ मा च्याम्पियन बनेको थियो।

यस्तै फाइनल पुगेर पनि उपाधि जित्न नसक्ने टिममा इंग्लयाण्ड र न्यूजिल्याण्ड छन्। सन् १९७९, १९८७ र १९८२ मा फाइनल पुगेपनि इंग्लयाण्डले उपाधि जित्न सकेन। यस्तै न्यूजिल्याण्ड २०१५ मा फाइनल पुगेपनि अष्ट्रेलियासँग पराजित हुँदै उपविजेता बनेको थियो। श्रीलंकाले पनि दुई पटक फाइनलमा हार बेहोरेको थियो।

श्रीलंका २००७ र २०११ मा लगातार फाइनलमा पराजित भएको थियो।

अष्ट्रेलिया पनि १९७५ को पहिलो विश्वकप फाइनलमा पराजित भएको थियो। यस्तै १९९६ मा पनि अष्ट्रेलिया फाइनललमा पराजित भएको थियो।

अहिलेसम्म भएका ११ संस्करण मध्ये अष्ट्रेलियाले सर्वाधिक ७ पटक फाइनल खेलेको छ।

 

यी हुन् अहिलेसम्म विश्वकप भएको वर्ष, विजेता र उपविजेता

वर्ष

विजेता

उपविजेता

रन/विकेट अन्तर

१९७५

वेष्ट इन्डिज

अष्ट्रेलिया

१७ रन

१९७९

वेष्ट इन्डिज

इंग्ल्याण्ड

९२ रन

१९८३

भारत

वेष्ट इन्डिज

४३ रन

१९८७

अष्ट्रेलिया

इंग्ल्याण्ड

७ रन

१९९२

पाकिस्तान

इंग्ल्याण्ड

२२ रन

१९९६

श्रीलंका

अष्ट्रेलिया

७ विकेट

१९९९

अष्ट्रेलिया

पाकिस्तान

८ विकेट

२००३

अष्ट्रेलिया

भारत

१२५ रन

२००७

अष्ट्रेलिया

श्रीलंका

५३ रन

२०११

भारत

श्रीलंका

६ विकेट

२०१५

अष्ट्रेलिया

न्यूजिल्याण्ड

७ विकेट

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell