PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'कपी क्याट' भन्दै आलोचित प्रियंका कार्की



पहिलोपोस्ट

'कपी क्याट' भन्दै आलोचित प्रियंका कार्की

नेपालबाट पहिलोपटक अभिनेत्री प्रियंका कार्कीले विश्व चर्चित कान्स फिल्म फेस्टिभल २०१९ मा सहभागीता जनाएकी छिन्। कान्सको रेड कार्पेटमा हलिउडदेखि बलिउडसम्मका अभिनेत्रीहरु सहभागी भएका छन्।

प्रियंका कार्की भने डिजाइनर सिवांगी प्रधानको साथमा फ्रान्स पुगेकी हुन्। कान्समा प्रियंका कार्की बलिउड अभिनेत्री प्रियंका चोपडाको ड्रेसअप देखि प्रभावित भएको अड्कल गर्न सकिन्छ।

प्रियंका कार्कीले लगाएको पहिरन प्रियंका चोपडासँग मिल्दो छ। अझ फोटोको लागि दिएको पोज र स्टाइल पनि मिल्दो। यस्तोमा प्रियंका कार्कीले, प्रियंका चोपडाको ड्रेसअप कपी गरेको भन्दै समाजिक सञ्जालमा आलोचना भइरहेको छ। यसै विषयलाई लिएर सामाजिक सञ्जालमा प्रियंका कार्की ट्रोलको शिकार समेत भइरहेकी छिन्।

त्यस्तै प्रियंका चोपडासँग मात्र नभएर उनले लगाएको अर्को पहिरन अभिनेत्री दीपिका पादुकोणसँग म्याच गर्‍यो। साथै प्रियंकाले कान्समा लगाएको गोल्डेन गाउन, नेपाली अभिनेत्री नम्रता श्रेष्ठले पहिले नै लगाइसकेकी थिइन्। यी सबै विषय जोडेर कार्की आलोचित छिन्।

प्रियंका कार्की नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनर गरी चारवटा कार्यक्रममा सहभागी हुनेछिन्। 

के उनी जानेरै कपी क्याट बनेकी हुन् त? यस विषयमा प्रियंकाले कुनै प्रतिक्रिया जनाएकी छैनन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell